२०८३ कार्तिक ११ गते मङ्गलबार

मणिपाल प्रकरणले उठाउँदैछ प्रहरीको भूमिकामा प्रश्न

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

काठमाडौँ, असोज १०
chakka

पोखरा- पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर बुधबार मृतकका आफन्तले पोखराको बजार बन्द गराउँदै हिँडे।

उपचारमा संलग्न डाक्टरमाथि कारबाहीको माग गर्दै उनीहरूले पोखराको मुख्य बजारहरू महेन्द्रपुल,नयाँ बजार, पृथ्वीचोक लगायतका क्षेत्रमा सटर तान्दै बजार बन्द गराउँदै हिँडेका हुन्।

बन्दकर्ताहरुले पोखराको पृथ्वीचोकमा केही बेर चक्काजामसमेत गरे।

तर, महेन्द्रपुलदेखि पृथ्वीचोकसम्मको क्षेत्रमा बन्दकर्ताहरुले बन्द गराउँदा प्रहरीले नै सुरक्षा दिँदै हिँडेको भन्दै उक्त क्षेत्रका व्यवसायी तथा स्थानीयले गुनासो गरेका छन्।

बन्दलाई निरुत्साहित गर्नुपर्नेमा र बन्द गराउने तत्त्वलाई नियन्त्रणमा लिएर शान्ति सुरक्षा कायम गराउन पर्नेमा प्रहरी प्रशासनले उल्टो बन्दकर्ताहरुलाई प्रोत्साहन गरेको उनीहरूको आरोप छ।

‘डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको हो भने उ माथि कारबाही हुनुपर्छ भन्ने कुरामा हाम्रो पनि समर्थन छ। तर, यसरी दिनदहाडै बन्द गराउँदै हिँड्नु र प्रहरीले आफ्नो सुरक्षा घेरामा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई राखेर बन्दलाई नै प्रोत्साहन गर्ने कार्य गर्नुले कानुनी राज्य छैन भन्ने भान भएको छ,’ नयाँ बजारमा मोटरपार्ट्स पसल चलाउँदै आएका एक व्यवसायीले भने।

नयाँबजारमा व्यवसाय सञ्चालन गर्दै आएका रेसम पौडेलले बन्दकर्ताहरुको माग थाहा नभएको तर प्रहरीसँगै हिँडेर बन्दकर्ताहरुले सटर तान्दै बन्द गर्दै हिँडेको पहिलो पटक देखेको भन्दै आश्चर्य व्यक्त गरे।

‘अगाडि अगाडि ट्राफिक प्रहरीले बाइकमा स्कटिङ्ग गरेजस्तो देखिएको थियो। पछाडि रहेका व्यक्तिले एक्कासी सटर तान नत्र तोडफोड होला भने। हतार हतार सटर तान्यौ। ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर बन्दकर्ताहरुले बन्द गर्दै हिँडेको पहिलो पटक देखे,’ पौडेलले भने।

व्यवसायीहरू माथि धम्कीपूर्ण भाषा प्रयोग गर्दै पसल तथा सटर तान्दै हिँड्दा प्रहरी मूकदर्शक बनेको र बन्दकर्ताहरु कै पक्षमा प्रहरी भएजस्तो देखिएको उनले बताए।

‘बन्दलाई निरुत्साहित गर्नुपर्नेमा प्रहरीले नै प्रोत्साहन गरेको जस्तो देखियो,’ बन्दकर्ताले पसल तथा सटर बन्द गराएपछि महेन्द्रपुलदेखि पृथ्वीचोक सम्मका अधिकांश व्यवसायीको गुनासो थियो।

मणिपाल घटनामा कास्की प्रहरीमाथि अस्पताल प्रशासन र सर्वसाधारण समेतले प्रहरीको भूमिकामा प्रश्न उठाउन थालेका छन्। यसअघि अस्पतालमा घटना घटेपछि शान्ति सुरक्षा दिन पुगेका एक प्रहरी अधिकारीको अभिव्यक्तिलाई लिएर चर्को आलोचना समेत भएको छ।

इन्स्पेक्टर मदन श्रेष्ठले आक्रोशित भीडसामु गएर अपशब्द बोल्दै आफूले डाक्टरलाई रगताम्य हुने गरी कुटपिट गरेको भनेर बोलेको भिडीयो नै सार्वजनिक भएको थियो। अस्पताल प्रशासन तथा चिकित्सकहरूले लगाएको आरोप पुष्टि हुने गरी इन्स्पेक्टर श्रेष्ठले अभिव्यक्ति दिएका थिए।

सुरक्षा दिन पुगेको प्रहरीले नै अपशब्द बोल्दै डाक्टरलाई रगताम्य हुने गरी चुटेको बताउँदा आफूहरूले असुरक्षाको महसुस गरेको चिकित्सकहरूले बताउँदै आएका छन्।

इन्स्पेक्टर श्रेष्ठले सार्वजनिक रूपमा उल्लेख गर्न नमिल्ने अपशब्दको प्रयोग गर्दै आक्रोशित भीडमा गएर भनेका छन्डा, ‘डाक्टरलाई साफ चुटेर आएँ, सबलाई ढुटो बनाएर रगतै रगत बनाएर आएको छु मैले।’

त्यसपछि भीडले ताली बजाएको देखिन्छ। भिडबाट खै भिडियो हेरौँ भनेर आवाज आउँछ। इन्स्पेक्टर श्रेष्ठले भन्छन्, ‘ल अब हल्ला नगर्नुस्, आनन्दले बस्नुस् है तपाईंहरुलाई गाली गरेको छु मैले?’

अस्पतालमा डाक्टरमाथि आक्रमण भएपछि सुरक्षा माग गरेर प्रहरी तैनाथ भएपछि झन् घटनाले उग्र रूप लिएको अस्पताल प्रशासन स्रोत बताउँछ।

प्रहरीको उपस्थितिमा घटनालाई उत्तेजित बनाउने काम भएको, अस्पतालमा प्रदर्शनमा उत्रिनेलाई नियन्त्रणमा नलिएर खुला छाडेको तथा उल्टो अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने कार्य प्रहरीबाट भएको भन्दै अस्पताल प्रशासनले प्रहरीको भूमिकामा प्रश्न उठाएको छ।

बिरामीको मृत्युको घटनामा उपचारमा संलग्न चिकित्सक र अस्पतालको गल्ती नभएको उल्लेख गर्दै अस्पतालले आक्रमणकारी माथि कारबाहीको माग समेत गरेको छ।

अस्पताल र चिकित्सकको मागमाथि समर्थन जनाउँदै पोखराका अस्पताल र चिकित्सकहरू स्वास्थ्य सेवा नै ठप्प पारेर आन्दोलित भएका छन्। उनीहरूले बुधवार घटनाको विरोधमा र्‍याली समेत निकाले।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जिल्लामा शान्ति सुरक्षा कायम गराउने विषयमा कोही दोषी देखिए कारबाही हुने बताउँछन्।

उनले प्रहरीकै सामुन्ने बन्दकर्ताहरुले पोखराको बजार बन्द गर्दै हिँडेको विषयमा भने अनभिज्ञता प्रस्तुत गरे। बन्दकर्ताहरुले पोखराको पृथ्वीचोकमा सवारी आवागमनमा अवरोध पुर्‍याएको थाहा भएपछि तत्कालै अवरोध हटाएको तर बजार बन्द गरेको विषय जानकारीमा नआएको उनले नेपाल अहिलेलाई बताए।

पोखरामा सार्वजनिक यातायातमा अवरोध पुर्‍याउन खोजेपछि त्यसलाई हटाएर तत्काल यातायात सुचारु गरिएको हो। प्रहरी सँगसँगै हिँडेर बजार बन्द गराएको हो जस्तो लाग्दैन, त्यस्तो नहुनुपर्ने हो। यदि त्यस्तो भएको पाइएमा सम्बन्धितमाथि कारबाही हुन्छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने।

सोमबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा लमजुङ सुन्दरबजार- ६ की ५७ वर्षीया सुकमाँया दुराको मृत्यु भएपछि डाक्टरको लापरबाहीका कारण घटना घटेको भन्दै आफन्त आन्दोलित भएका हुन्।

उनीहरूले घटनाको विषयमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने तथा उपचारमा संलग्न चिकित्सकमाथि कारबाही हुनुपर्ने माग राख्दै आएका छन्।

सम्बन्धित समाचार:

डाक्टर कुट्ने इन्स्पेक्टरलाई निलम्बन गर्न सिफारिस

डाक्टर चुटेर इन्स्पेक्टरको धमास, भन्छन्- रक्ताम्य बनाएँ

 

प्रकाशित: २०८० असोज १० गते बुधबार ०८:५१
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना