२०८३ कार्तिक १२ गते बुधबार

पुटिन के चाहन्छन्? के गर्न सक्छन्?

 |  स्यामुयल चरप/कास्पर पुसेक
Sanket

स्यामुयल चरप/कास्पर पुसेक

काठमाडौँ, असोज १७
putin

रुसले फेब्रुअरी २०२२ मा युक्रेनविरुद्ध युद्ध थालेसँगै उसको आक्रामकतालाई कसरी प्रतिक्रिया दिने भनेर पश्चिमा देशमा बहस जारी छ। तर, यी बहसहरु यस आक्रमणको लक्ष्य र रुसले कस्तो चुनौती दिन्छ भन्नेमै सीमित छन्। मुख्यतः रुसको चुनौती बुझ्नु नै प्राथमिकतामा हुनुपर्छ। पश्चिमा सरकारहरुले यो नबुझेसम्म या त आवश्यकताभन्दा धेरै वा कम प्रतिक्रिया जनाउनेछन्।

रुसबारे टिप्पणी गरिरहेका अधिकारी र बौद्धिक व्यक्तिहरुमध्ये धेरैले भ्लादिमिटर पुटिनको महत्वाकांक्षा युक्रेनभन्दा पनि पर जान सक्ने बताइरहेका छन्। धेरै विश्लेषकहरु युक्रेनलाई उसको नक्साबाटै हटाउने अभियानमा पुटिन लागेको बताउँछन्।

यद्यपि पुटिनको मनसायबारे यस्ता धेरै मूल्यांकनमा उनको सामर्थ्यबारे पर्याप्त चर्चा भएको देखिन्न। विगत २० महिनाभन्दा लामो अवधिमा पुटिनले के गर्न सक्छन् र गर्न सक्दैनन् भनेर विश्वले धेरै देखेको छ। जब यो तथ्यलाई आधार मानिन्छ, तब पुटिन र उनले दिने चुनौतीलाई हेर्ने अलग दृष्टिकोण बन्छ,‘पक्कै पनि उनी खतरनाक छन्, तर उनी त्यस्ता ट्याक्टिसियन हुन्, जो आफ्नो सिमिततामा खुम्चिएर काम गरिरहेका छन्।’

पुटिन के चाहन्छन्?
रुसबारेका केही प्रभावशाली विश्लेषकहरुले युक्रेनमाथिको आक्रमण पुटिनको पहिलो कदम रहेको र उनको लक्ष्य यसभन्दा अगाडि बढ्ने रहेको बताएका छन्। यो दृष्टिबाट हेर्दा पुटिन विस्तारवादी हुन्। फरेन अफेयर्समा एन्जिला टेन्स र फियोना हिलले लेखेका छन्, ‘पुटिनको दाबी युक्रेनभन्दा पनि बाहिर युरोप र युरेसियासम्म जान्छ। बाल्टिक राज्यहरुको उनको उपनिवेशवादी एजेन्डामा हुनसक्छन्। पोल्यान्ड पनि हुनसक्छ।’

यस दृष्टिबाट हेर्दा सन् २००८ को जर्जिया युद्धपछि, रुसले अहिले आएर विदेश नीतिमा सैन्यशक्तिको अधिकतम प्रयोग गर्नु आफ्नो निरन्तर प्रक्रियाको हिस्सा हो, जसको उच्च बिन्दु आउनै बाँकी छ। जसअनुसार पुटिन रुसी साम्राज्यको कुनै नयाँ भर्सन पुनस्थापित नगरेसम्म रोकिनेवाला छैनन्। कम्तिमा युक्रेनभन्दा बाहिर आफ्नो प्रभाव नफैलिएसम्म रोकिने छैनन्।

फरक लेखमा हिल र स्टिन्टले लेखेका छन्, ‘यदि यो रक्तपातपूर्ण द्वन्द्वमा रुस विजयी भयो भने पुटिनको विस्तारवादी भोक युक्रेनको सीमामा गएर रोकिने छैन। बाल्टिक स्टेट, फिनल्यान्ड, पोल्यान्ड र धेरै अन्य देशहरु कुनै समय रुसी साम्राज्यको हिस्सा थिए, उनीहरु आक्रमण वा अस्थिरताको जोखिममा हुनेछन्।’

क्यानडा, चेक गणतन्त्र, इस्टोनिया, आयरल्यान्ड, लात्भिया, लिथुआनियालगायत देशका संसद्ले औपचारिक रुपमै युक्रेनमाथिको रुसी हमलालाई जातीय सफाया भनेका छन्।

यदि पुटिनले पूर्वी युरोपमा यस्तो साम्राज्यवादी महत्वाकांक्षालाई हुर्काउँछन् भने उनको मनसायले केही हदसम्म हिटलर र स्टालिनको झल्को दिन्छ। हिटलरको दमन र सोभियत युनियनको नियन्त्रण दुवै व्यहारेका पूर्वी युरोपका पोल्यान्डजस्ता देशले पुटिनको यो रवैयालाई हिटलरसँग तुलना गरिसकेका छन्।

अर्को तर्फ, विश्लेषक तथा नीति निर्माताहरुले पुटिनलाई जातीय नरसंहारकर्ताको रुपमा चित्रण गरेका छन्। जो, युक्रेनी राज्य मात्रै होइन, यहाँका मानिस र संस्कृतिलाई पनि मास्न चाहन्छ। इतिहासकार डेभिड मार्पल्स भन्छन्, ‘सन् १९९१ यता स्वतन्त्र युक्रेनका रुपमा रहेको देशलाई ध्वस्त गर्ने र यहाँ कुनै जनसंख्या बाँकी नराख्न रुसी नेतृत्वले चाहिरहेको छ।’ लेखक एन्नी एप्पलबाम भन्छन्,‘यो केवल भूगोलका लागि भएको युद्ध होइन। यो जातीय नरसंहार गर्ने प्रयास र त्यसविरुद्ध चलिरहेको युद्ध हो।’

युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले यस घटनालाई रुसले मच्चाउन खोजेको जातीय नरसंहार भनेका छन्। सर्वसाधारणको सामूहिक हत्या, बन्धक बनाइएकाहरुमाथिको बलात्कार र यातना, आवासीय क्षेत्रमा निरन्तरको बम वर्षा र युक्रेनी बालबच्चालाई बन्धक बनाएर रुसमा ओसारिएको उनको आरोप छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसी आक्रमणले युक्रेनको एक देशका रुपमा अस्तित्वमा रहने अधिकारलाई कुल्चिने प्रयत्न गरेको बताएका छन्। त्यसैगरी मानिसका रुपमा बाँच्न पाउने युक्रेनी जनताको अधिकारमाथि पनि हमला भएको उनको दाबी छ।

क्यानडा, चेक गणतन्त्र, इस्टोनिया, आयरल्यान्ड, लात्भिया, लिथुआनियालगायत देशका संसद्ले औपचारिक रुपमै युक्रेनमाथिको रुसी हमलालाई जातीय सफाया भनेका छन्।

मस्कोको सफ्ट पावर पनि निष्प्रभावी हुँदैछ। जर्मनी रुसको प्राकृतिक ग्याँसमा निर्भर भएपनि यो निर्भरताले युक्रेनमाथिको हमलाको विरोध गर्नबाट उसलाई छेकेको छैन। रुसको पुँजीबजार तथा उद्योग धरासायी छ। त्यहीकारण पूर्व सोभियत देशहरु पश्चिमा शक्ति र चीनसँग व्यापार तथा लगानीको लागि हात बढाइरहेका छन्।

पुटिनलाई विस्तारवादी वा जातीय नरसंहारकर्ता भनेपनि उनमा ती दुवै काम गर्न सक्ने क्षमता छैन भन्ने विषयलाई उनीहरुले बेवास्ता गरेका छन्। विनाशकारी हतियार प्रयोग नगर्दा पुटिनले यस्तो गर्न सक्दैनन्। युद्ध सुरु हुदाँ, जब सुरु सेना आफ्नो शक्तिको उत्कर्षमा थियो, त्यतिबेला पनि युक्रेनको कुनै ठूलो शहर कब्जामा लिन सकेन। किभ र उसका सहयोगीहरुले प्रत्याक्रमण सुरु गरेपछि रुसी सेनाहरुले अपरेशन सफल गर्नका लागि थोरैमात्र क्षमता देखाएका छन्। डोनेस्क क्षेत्रमा जाडोयाममा आक्रमण गर्ने उनीहरुको अन्तिम प्रयत्न सफल भएन, यस रक्तपातमा रुसका धेरै सेना मारिए। यो दरले पुटिनले कहिल्यै बल प्रयोग गरेर युक्रेन कब्जामा लिन सक्दैनन्। भलै युक्रेनलाई पश्चिमा समर्थन कम नै किन नहोस्। यदी उनले युक्रेन नै कब्जा गर्न सक्दैनन् भने त्यहाँबाट टाढा जाने कुरा अपत्यारिलो छ।

पुटिनको मनसायमा केन्द्रित गरेर गरिएका मूल्यांकनमा प्रायः रुसका यी कमजोरीलाई नजरअन्दाज गर्ने गरिएको छ।

मस्कोको सफ्ट पावर पनि निष्प्रभावी हुँदैछ। जर्मनी रुसको प्राकृतिक ग्याँसमा निर्भर भएपनि यो निर्भरताले युक्रेनमाथिको हमलाको विरोध गर्नबाट उसलाई छेकेको छैन। रुसको पुँजीबजार तथा उद्योग धरासायी छ। त्यहीकारण पूर्व सोभियत देशहरु पश्चिमा शक्ति र चीनसँग व्यापार तथा लगानीको लागि हात बढाइरहेका छन्।

पुटिनको रुससँग बृहत्तर राजनीतिक परियोजनामा विदेशी सम्भ्रान्तहरुलाई आकर्षित गर्ने कुनै शक्ति पनि छैन। न त पुटिनको नेतृत्वमा रहेको क्रेमलिन सैद्धान्तिक रुपमा शक्तिशाली छ, न उसँग बाहिरका सम्भ्रान्तहरुलाई आकर्षित गर्ने विकासको मोडल नै छ।

युक्रेन युद्धले पुटिनसँग आफ्नो विस्तारवादी वा जातीय लक्ष्य हासिल गर्ने स्रोत छैन भन्ने देखाएको छ। रुसी सैनिकले युद्धका दौरान आफ्नो प्रदर्शन सुधारेका छन्। उसको आक्रामकता र पुटिनको महत्वाकांक्षालाई नजरअन्दाज गर्न सकिदैंन। तर यो अब स्पष्ट भइसकेको छ कि उनीहरुले युक्रेनी सेनालाई हराउन सक्दैनन्। पुरै युक्रेन कब्जा गर्नु त दोस्रो कुरा रह्यो। सायद, उनले युक्रेनलाई नक्साबाट हटाउनले र त्यहाँ हुँदै विश्वका अन्य देशमा मार्च गर्ने सपना देख्न सक्लान्। तर, मैदानमा देखिएको यथार्थ फरक भएपछि सपनाले थोरै अर्थ राख्छ।

खराब नियतको बाटो
सानो, तर चर्को सुनिने केही विश्लेषकहरुको समूह पुटिनको मनसायबारे अलग दृष्टिकोण राख्छ। उनीहरु पुटिन डिफेन्सिभ एक्टर रहेको बताउँछन्। उनी आफ्नो देशलाई अरुको प्रयोगबाट आउनबाट रोक्न सचेत रहेको उनीहरु बताउँछन्। युक्रेनलाई कब्जा गर्नुभन्दा पनि पश्चिमा मुलुकलाई आफ्नो सीमाबाट टाढै राख्ने सोचमा पुटिन रहेको उनीहरुको ठम्याइ छ।

राजनीतिक विज्ञ जोन मिरसाइमर भन्छन्,‘जब पुटिनले रुसी सेनालाई आक्रमणका लागि पठाए। त्यतिबेला युक्रेनलाई रुसको हिस्सा बनाउने गरी आक्रमणको योजना बनाएका थिए भन्ने कुनै पनि प्रमाण छैन। बनाइरहेका थिए भन्ने कुनै पनि प्रमाण छैन,’ उनी थप्छन्, ‘रुसले युक्रेनमा कठपुतली सरकार बनाउँदैछ भन्ने पनि कुनै प्रमाण छैन।’

पुटिनले आफ्नो रक्षा गर्न चाहेको र पश्चिमाहरुलाई टाढै राख्न चाहेको अर्थात आफ्नो देशको सुरक्षा चाहेको उनको तर्क छ। तर, पुटिनको यो छवि पनि रुसी कदमसँग मेल खाँदैन। युद्ध सुरु भएको पहिलो सातामै राजधानी किभमा विजय हासिल गर्ने रुसको प्रयत्न हेर्दा पुटिन आफ्नो सुरक्षा चाहन्थें वा युक्रेनमा सत्ता परिवर्तन गर्ने लक्ष्य थिएन भनेर पत्याउन मुस्किल पर्छ। त्यस्तै, रुसले युक्रेनमा कठपुतली सत्ताका लागि केही व्यक्तिहरु तयार गरेको पनि बेलायती, युक्रेनी र अमेरिकी गुप्तचर अधिकारीहरुको ठहर थियो।

रुसी चुनौतीको विश्लेषण गर्दा पुटिन के चाहन्छन् भन्ने होइन, उनीसँग भएको शक्तिबाट उनले के गर्न सक्छन् भन्नेमा केन्द्रित हुनु तर्कसंगत हुन्छ।

पुटिनको मनसाय जेसुकै भएपनि अहिले उनको सामर्थ्य छैन। सायद, पुटिनले युद्ध सुरु हुँदा युक्रेन कब्जा गर्नेबारे सोचका थिए होलान्, तर यो योजना असफल भएपछि अहिले उनले आफ्नो लक्ष्य घटाएका छन्। उनले अप्रिल २०२२ मा राजधानी किभ आसपास र उत्तरपूर्वी युक्रेनका शहरबाट रुसी सेनालाई बोलाएका थिए, ती सेना त्यहाँ फेरि कहिल्यै फर्किएनन्।

अमेरिकी नेसनल इन्टेलिजेन्सका निर्देशक एभरिल हाइन्सले केही समयअघि भनेका थिए, ‘आफ्नो सेना कतिसम्म हासिल गर्न सामर्थ्य छ भनेर पुटिनले राम्रोसँग बुझेजस्तो देखिन्छ। र, उनी अहिले सिमित सैन्य लक्ष्य हासिल गर्नेमा केन्द्रित देखिन्छन्।’

पुटिनलाई बुझ्ने उत्कृष्ट तरिका विस्तारवादी वा जातीय नरसंहारकर्ता भनेर होइन। बरु एक रणनीतिकारका रुपमा हो, जसले आफ्नो सिमितता बुझेर महत्वाकांक्षाहरु व्यवस्थापन गर्छन्। रुसी चुनौतीको विश्लेषण गर्दा पुटिन के चाहन्छन् भन्ने होइन, उनीसँग भएको शक्तिबाट उनले के गर्न सक्छन् भन्नेमा केन्द्रित हुनु तर्कसंगत हुन्छ।

रणनीतिक प्रतिस्पर्धा
एक रणनीतिकारका रुपमा पुटिनलाई बुझ्न पक्कै सहज छैन। उनका महत्वाकांक्षा भविष्यमा फेरि फैलनसक्छन्, जसरी विगतमा खुम्चिएका थिए। र, यदी रुस त्यो महत्वाकांक्षामा पूरा गर्न सक्षम भयो भने मूल्यांकन फरक रुपले गर्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा भलै, पुटिनले युक्रेन कब्जा गर्न सक्दैनन्। तर युक्रेन र उसका जनतालाई अझै पनि ठूलो क्षति भने पुर्‍याउन सक्छन्।

रुसले युक्रेनी बन्दगाह, उद्योग र ऊर्जा स्रोतका पूर्वाधारमा हमला गरेको छ। त्यहाँको कृषि क्षेत्रमा क्षति पुर्‍याएको छ। रुसी जलसेनाले गरेको अवरोधका कारण युक्रेनबाट अन्न, स्टिल र अन्य सामाग्री निर्यात हुन सकिरहेको छैन। यी सामाग्रीमा युक्रेनी अर्थतन्त्र तथा अन्य धेरै देशको अर्थतन्त्र निर्भर छ। २०२२ मा युक्रेनी अर्थतन्त्रमा एक तिहाईको गिरावट देखिएको थियो। मस्कोले मुख्य शहर र पूर्वाधारमा बम खसालिरहेका बेला ठोस रुपमा अर्थतन्त्रमा सुधार आउँछ भनेर कल्पना गर्न पनि कठिन छ।

रुसी सीमामा रहेका गैरनाटो देशहरुमध्ये युक्रेन सबैभन्दा धेरै शक्तिशाली हो। अर्को शब्दमा अहिलेको सिमित सामथ्र्य र रणनीतिक माइन्डसेटकै आधारमा पनि जर्जिया, काजाकिस्तान, माल्डोभा र अन्य पूर्व सोभियत देशहरुसामु पुटिन चुनौती बनेर खडा छन्। सायद, नाटोमा रहेका अमेरिकी गठबन्धन देशहरु सुरक्षित होलान्, तर अन्य देशका जनताको मनमा चिसो पसेको छ।

पुटिनका लक्ष्य गतिशील छन्, नीतिनिर्माताले यो स्विकार्नुपर्छ। उनी नयाँ परिस्थितिअनुसार चल्छन्। त्यही कारण उनीबारे स्थिर आकलन गरेर हुँदैन।

पुटिनको मनभित्र विश्वविजयको कल्पना होला। तर अहिलेको अवस्थामा उनको सेनाले युक्रेनका चार प्रान्त (जसलाई रुसमा गाभिएको घोषणा उनले गत वर्ष गरेका थिए।) मा पनि पूर्ण नियन्त्रण राख्न सक्दैन। यो सीमिततालाई बुझेर मात्रै रुसको चुनौती कति विस्तारित हुन्छ भन्ने आकलन गर्न सकिन्छ।

(चरम नीतिसम्बन्धी थिंक ट्यांक रान्ड कर्पोरेसनका वरिष्ठ राजनीति वैज्ञानिक तथा ‘एभ्रिवान लुजेज : द युक्रेन क्राइसिस एन्ड द रुइनस कन्टेस्ट फर पोस्ट सोभियत युरेसिया’ पुस्तकका सहलेखक हुन्। बाराक ओबामा अमेरिकी राष्ट्रपति भएका बेला उनले अमेरिकी विदेश मन्त्रालयमा उनले नीतियोजनामा काम गरेका थिए।

पुसेक लेइदेन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय तथा रुसी तथा युरोसियाली अध्ययन विषयका लेक्चरर हुन्।)

फरेन अफेयर्सबाट

प्रकाशित: २०८० असोज १७ गते बुधबार ०२:४६
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना