२०८३ साउन १३ गते बुधबार

दुई दिनमै रित्तियो सुपथ मूल्य पसलको चिनी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २२
supath
सुपथ मूल्य पसल।

काठमाडौँ- सरकारले सञ्चालनमा ल्याएको चाडपर्वलक्षित सुपथ मूल्य पसलमा चिनीको चरम अभाव देखिएको छ। आइतबारदेखि सुरु भएको सुपथ मूल्य पसलमा सोमबार नै चिनी रित्तिएको हो।

प्रतिउपभोक्ता २ केजी मात्र बिक्री गर्दै आएको चिनी सोमबारदेखि उपभोक्ताले किन्न नपाउने भएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा सोमबार दिउँसोसम्म मात्र चिनीको बिक्री वितरण हुने अवस्था छ।

सुपथ मूल्य पसल सुरु भएको दुई दिन नबित्दै चिनीको मौज्दात सकिइसकेको कम्पनीले जनाएको हो।

‘सुपथ मूल्य पसलमा चिनीको ‘स्टक’ सकिइसकेको छ,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदी न्यौपानेले भनिन्, ‘चिनी आजै सकिन्छ।’

कम्पनीले चिनी खरिदका लागि प्रक्रिया अघि बढाए पनि दसैंअघि चिनी नआउने पक्कापक्की छ।

सार्वजनिक खरिद प्रक्रियामार्फत आउने १० हजार मेट्रिक टन चिनी नआउँदा चाडपर्वकै बेला चिनीको चरम अभाव हुने देखिएको छ। उक्त चिनी तिहारपछि नै आउने सम्भावना देखिएको उनले बताइन्।

७/८ क्विन्टलकै हाराहारीको चिनी सुपथ मूल्य पसलमा बिक्रिका लागि राखिएको थियो। सुपथ मूल्य पसलमा उपभोक्तालाई केही भए पनि सम्बोधन गर्ने हिसावले मात्रै चिनी राखिएको उनले बताइन्।

साल्टको आशमा सरकारी कम्पनी
सार्वजनिक खरिद प्रक्रियाअनुसार खाद्य कम्पनीको चिनी नआउने भएपछि अब साल्ट ट्रेडिङ कर्पोरेसनको भर पर्नुपर्ने अवस्था आएको छ।

‘साल्ट ट्रेडिङ चिनी ल्याउन सक्यो भने हामीले उहाँहरुसँग समन्वय गरेर हाम्रा बिक्री केन्द्रहरुमा पनि राखेर उपभोक्तालाई सुविधा दिने हाम्रो उद्देश्य छ,’ न्यौपानेले बताइन्।

तर, साल्टको चिनी कहिले आइपुग्छ, त्यो भने यकिन छैन। यद्यपि, सरकारी कम्पनीको जस्तो सम्पूर्ण सार्वजनिक खरिद प्रक्रिया अवलम्बन गर्नु नपर्ने भएकाले साल्टले छिटोछरितो रुपमा चिनी आपूर्ति गर्न सक्ने अवस्था छ।

कति ल्याउँदैछ साल्टले चिनी?
साल्टले गत २०८० असोज ६ गते १० हजार मेट्रिक टन चिनी खरिदका लागि टेन्डर गरेको छ। उक्त चिनी आउन न्यूनतम २१ दिन लाग्छ।

त्यस्तै, साल्टले ९०० मेट्रिक टन चिनी स्वदेशबाट नै खरिद गर्न १५ सेप्टेम्बर २०२३ नै टेन्डर गरेको थियो। उक्त चिनी आउने प्रक्रियामा छ।

अहिले साल्टले आफ्नो बिक्री केन्द्रबाट सुपथ मूल्य पसलमा प्रतिउपभोक्ता २ केजीका दरले चिनी बिक्री गरिरहेको छ। साल्टले थप चिनी नल्याउने हो भने बजारमा हाहाकार हुने देखिन्छ।

व्यापार कम्पनीको मूल्यसूची

साल्टले भने सुपथ मूल्यको चिनी एक हप्तासम्मका लागि पुग्ने प्रक्षेपण गरेको छ। त्यसपछि भने खरिद प्रक्रियाको चिनी भित्रिने साल्टका प्रवक्ता कुमारराज भण्डारी बताउँछन्।

सरकारले चिनी आयातमा कोटा प्रणाली लागू गरेको र भारतले निर्यात प्रतिबन्ध लगाएसँगै नेपालमा चिनीको आपूर्ति निकै कम भइरहेको छ।

चाडपर्वका बेला बढी चिनीको खपत बढी हुने भए पनि बजारमा अभाव देखिएकाले यसपालि उपभोक्ताले अभाव झेल्नुपर्ने बाध्यता आउन सक्ने देखिएको छ।

कहाँ-कहाँ छ सुपथ मूल्य पसल?
काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थान सुपथ मूल्य पसल चल्नेछन्।

खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ।

यस्तै साल्ट्र ट्रेडिङले काठमाडौं उपत्यकाका सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ।

सुपथ मूल्य पसल मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा पनि सञ्चालन हुनेछन्।

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सुपथ मूल्य पसल रहनेछन्।

साल्टको मूल्यसूची

प्रकाशित: २०८० असोज २२ गते सोमबार ०३:५६
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना