काठमाडौं- सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेशी पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायधीश अपर्याप्त भएकाले मुद्दा स्थगन भएक हो ।
अदालतमा मुद्दाका ३० वटा फाँट छन् भने ३० जना न्यायाधीशकै दरबन्दी छ । एउटा फाँटको मुद्दा एक न्यायाधीशको इजलासमा पर्छ । हरेक बिहान गोला तानेर न्यायधीश र फाँटको टुंगो लगाइन्छ । आज सन्दीपको २८ नम्बर फाँटसहित ९ वटा फाँटका मुद्दा स्थगनमा परेका छन् ।
सन्दीपविरुद्धको मुद्धामा यसअघि पनि पटक पटक पेशी स्थगित हुँदै आएको छ ।
