करिब दुई दशकयता म गैरआवसीय नेपाली संघ (एनआरएनए) अभियानमा जोडिएको छु। विगतमा हाम्रो संस्थाले जे-जति काम गर्यो, त्यसको मूल्यांकन आफ्नो हिसाबमा छँदैछ। तर, अब चाहिँ संस्थालाई नयाँ हिसाबले अघि बढाउनुपर्ने बेला आएको छ।
नेपालमा एनआएनएले के गर्यो भनेर सोध्दै गर्दा भूकम्पमा यस्तो गर्यौं, महामारीमा यस्तो गर्यौं भन्नेबाहेकका महत्वपूर्ण काम हामीले गर्न सकिरहेका छैनौं। त्यसकारण हामीले काम गर्ने क्षेत्रहरुको पहिचान पनि गर्नपर्नेछ। अनि ती प्राथमिकतामा परेका क्षेत्रमा काम गर्ने दिशामा अघि बढ्नुपर्छ।
गैरआवासीय नागरिकताको विषय केही हदसम्म सम्बोधन भएको छ। अब हामीले युवा उद्यमशीलताको क्षेत्रमा काम गर्नुपर्नेछ। नेपालबाट जति पनि युवाहरु पलायन भइरहेका छन्, उनीहरुलाई कसरी नेपालमै रोक्न सकिन्छ, कसरी उद्यमशीलतातर्फ प्रेरित गर्न सकिन्छ? नेपालमा धेरैभन्दा धेरै लगानी कसरी भित्र्याउन सकिन्छ? ठूलो लगानी मात्र नभएर सानो लगानीलाई पनि कसरी आकर्षित गर्नेलगायतका विषयमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।
नेपालमा मात्र नभएर बाहिर पनि धेरै समस्या छन्। नेपालभन्दा बाहिर पनि छुट्टै नेपाल छ। त्यहाँ धेरै युवाहरु हुनुहुन्छ, उहाँहरुका आफ्नै किसिमका समस्या छन्। मध्यपूर्वमा श्रमिकहरुका समस्या छन्। युरोप, अमेरिकातिर बस्ने युवाहरुका छुट्टै समस्या छन्। यी सबै समस्यालाई संस्थागत हिसाबमा सम्बोधन गर्न सकिने गरी उपाय खोज्न जरुरी छ।
अहिले संस्थामा पुरानो नेतृत्व छ। त्यो नेतृत्वले संस्था हाँकेको धेरै भइसक्यो। नयाँ जोश र जाँगरका साथ युवाको नेतृत्वमा नयाँ भिजनका साथ संस्थालाई अब अघि बढाउनुपर्छ। यही सोच राखेर मैले सचिव पदमा उम्मेदवारी घोषणा गरेको हुँ।
युवाहरुलाई उद्यमशिलतातर्फ प्रोत्साहित गर्ने मेरो प्रमुख एजेन्डा हो। विदेशमा रहेका युवाहरुलाई नेपालमा सानो-सानो लगानी गर्न प्रेरित गर्ने अर्को योजना छ। एनआरएनए भन्ने बित्तिकै हामी जहिले पनि हाइड्रोपावर, पाँचतारे होटलमा हुने लगानीलाई मात्र सम्झन्छौं। तर सानो-सानो लगानी आफ्नै गाउँमा लगानी गर्ने कुरामा हामी चुकेका छौं। त्यसकारण आफ्नै गाउँ-सहरमा लगानी गर्न लगाएर नेपालमा रोजगारी अवसर सिर्जना गर्न सकिन्छ। मेरो प्राथमिकतामा यो विषय छ।
एनआएनएमा पनि युवा नेतृत्व स्थापित हुनुपर्छ। एकाधवर्ष अघि भएको हाम्रो आपसी झगडाले संस्थाको शाख गिरेको छ। त्यसमा कसरी समन्वय गर्न सकिन्छ, छुटेका साथी र अग्रजहरुलाई कसरी गोलबन्द गर्न सकिन्छ? यसमा ध्यान दिनुपर्नेछ।
अहिले संस्थामा पुरानो नेतृत्व छ। त्यो नेतृत्वले संस्था हाँकेको धेरै भइसक्यो। अब नयाँ जोश र जाँगरका साथ युवाको नेतृत्वमा नयाँ भिजनका साथ संस्थालाई अघि बढाउनुपर्छ।
एनआरएनएले स्टार्टअप फन्डको क्षेत्रमा पनि काम गर्नुपर्नेछ। नेपालमा धेरै युवाहरु हुनुहुन्छ, जोसँग राम्रो आइडिया छ। उहाँहरु उद्यमशील बन्न चाहानुहुन्छ। तर उहाँहरुसँग पर्याप्त लगानी योग्य रकम छैन। त्यस्ता युवाहरुलाई लक्षित गरेर एनआरएनएले कम्तीमा ५ देखि १० करोडसम्मको स्टार्टअप फन्ड खडा गर्नुपर्छ। यो कोषको रकमले दिमागमा आइडिया बोकेर बसेका युवाहरुलाई सुरुवाती अवस्थामा सहयोग गर्न सकियोस्। त्यसले नेपालमा धेरै रोजगारी सिर्जना गर्न सहयोग गर्छ।
पछिल्लो समय युवाहरुमा निराशा व्याप्त देखिन्छ। नेपालमै बसेका युवाहरु चरम निराशामा बाँचिरहेका छन्। यस्तै बाहिर गएका सबै युवाहरु पनि खुसी छैनन्। यो निराशाको कालो बादललाई फटाउने हो भने हामीले धेरैभन्दा धेरै लगानी भित्र्याउनुपर्छ। हामीले जति धेरै रोजगारी सिर्जना गर्न सक्छौं, त्यति नै निराशाको ग्राफ घट्दो क्रममा जानेछ।
अर्को कुरा नेपालमा हामीले युवाहरुलाई काम सानो या ठूलो हुँदैन भनेर बुझाउन सक्नुपर्छ। जे काम भएपनि हामीले लगनशील भएर गर्यौं भने त्यसले सफलता दिलाउँछ भन्ने मेन्टालिटी बनाउन जरुरी भइसकेको छ। यसका लागि संस्थागत हिसाबमा सचेतनाको काम गर्न सक्छौं। त्यही युवा जो नेपालमा सानो काम गर्न हिचकिचाउँछ। तर बाहिर गएर त्यो भन्दा सानो काम गर्न तयार हुन्छ। यद्यपि यसमा अलिकता आर्थिक पाटो पनि जोडिएला। तर आफ्नै देशमा रहेर पनि परिवारसँग बसेर काम गर्नु सबैभन्दा राम्रो हो।
अहिले हामीले खाडीमा देख्छौं- एउटा युवाले ४०/५० हजारका लागि ४०/४५ डिग्रीको गर्मीमा पसिना बगाइरहेको छ। हामीले त्यही लेभलको सेवासुविधा पाउने गरीको वातावरण नेपालमै बनायौं भने उसले नेपालमै काम गर्न सक्छ। युवामा निराशा बढ्नुको मुख्य कारण नै आर्थिक पाटो हो। त्यसकारण हामीले धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने र युवाहरुलाई उद्यमशील बनाउनुपर्छ। त्यसले निराशालाई घटाउँछ।
हामीले खोजेको परिवर्तन यस्तै हो। त्यसका लागि हामी केही हदसम्म प्रयत्नशील पनि छौं। अहिले देशको अर्थव्यवस्थाको मुख्य पिल्लर रेमिट्यान्स हो। मिडिल इस्ट, यूरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशबाट पठाएको धेरै पैसा रेमिट्यान्स मार्फत नेपालमा भित्रिइरहेको छ। एक महिना मात्रै रेमिट्यान्स नआउने हो भने देश ठप्प हुने स्थिति छ। रेमिट्यान्सको पाटोबाट हेर्ने हो भने त बाहिर रहेका नेपालीहरुले देशप्रतिको एउटा कर्तव्य त पुरा गरी नै रहेका छन्।
युवामा निराशा बढ्नुको मुख्य कारण नै आर्थिक पाटो हो। त्यसकारण हामीले धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने र युवाहरुलाई उद्यमशील बनाउनुपर्छ। त्यसले निराशालाई घटाउँछ।
हाम्रो चाहना लगानी भित्र्याउने नै हो। लगानीको कुरा गर्दा व्यक्तिगत रुपमा त धेरै भइरहेको छ। एनआरएनएको विभिन्न पदमा रहेका विभिन्न व्यक्तिहरुले धेरै ठूलो लगानी गरेर यहाँ काम गरिरहनुभएको छ। पाँचतारे होटलदेखि हाइड्रो र पर्यटन क्षेत्रमा काम गरिरहनुभएको छ। उहाँहरुको अर्बौंको लगानी छ। सामूहिक लगानीको कुरा गर्दा १० अर्बको एनआरएनए फाउन्डेसनको प्रोजेक्ट बनेको छ। त्यो सामूहिक लगानीको मोडल हो। त्यो मोडलबारे सरकारसँग छलफल भएर दर्ता भइसकेको छ। फन्डमा पैसा जम्मा हुन थालिसकेको छ।
युवाहरु साथीहरुले पनि यो फन्डमार्फत लगानी गर्ने इच्छा राख्नुभएको छ। त्यसकारण हामीले यसमा ठूलो लगानीलाई मात्रै होइन, सानो लगानीलाई पनि स्वीकार गर्नुपर्छ भनिरहेका छौँ। कोही साथीले सय डलर मात्रै पनि लगानी गर्न चाहनु हुन्छ भने त्यसका लागि पनि संस्थाले वातावरण बनाइदिनुपर्छ। कसैले १० हजार डलर लगानी गर्न चाहनुहुन्छ भने त्यसले राम्रो क्याफे स्थापित गर्न सक्छ। त्यसबाट अर्को १० जनाले रोजगारी पाउन सक्छन्। त्यसका लागि संस्थाले समन्वय गर्नुपर्छ। ठूलो लगानीको कुरा त छँदैछ, सानो लगानीलाई पनि संस्थागत हिसाबले ल्याउन सकियो भने लगानीकर्ता पनि धेरै हुने र रोजगारी सिर्जना पनि धेरै भन्दा धेरै हुन्छ।
लगानी गर्नका लागि प्राथमिक विषय भनेको लगानी भित्र्याउनु हो। कोही कसैले नेपालमा लगानी गरेको बिजनेसले नाफा गर्यो भने त्यो नाफा लैजान एकदमै धेरै गाह्रो छ। यसमा हामी ओपन हुन पर्यो। होइन भने हामीले किन नेपालमा लगानी गर्ने त? जस्तो त्यही लगानी सहजै सिंगापुरमा गर्न सकिन्छ, बैंककमा गर्न सक्छन्। त्यहाँबाट नाफा सहजै लैजान पनि सकिन्छ। त्यसकारण यहाँ पनि सरकारले अलि उदारता देखाउनुपर्छ। प्रशासनिक र कागजी प्रक्रियालाई सहज बनाउनुपर्छ।
हाम्रो अर्को विडम्वना भनेको एकदमै सुस्त प्रक्रियाबाट गुज्रनुपर्छ। कर्मचारीतन्त्रबाट गर्नुपर्ने काम कुछुवाको गतिमा हुन्छ, त्यो पनि निकै झन्झटिलो छ। यसमा सरकारले सहज वातावरण बनाइदिनुपर्छ।
एनआरएनएको कोही साथीले यहाँ ५ करोड लागनी गर्यो भने उसले नाफा त लैजान चाहन्छ नि! तर त्यो नाफा लैजाने प्रक्रिया एकदमै झन्झटिलो छ।
नेपालमा प्रतिफल लैजाँदा दोहोरो करको कुरा पनि छ। उसले नाफाको कर यहाँ पनि तिर्न पर्यो र आफ्नो देशमा पनि तिर्न पर्यो। त्यसकारण दोहोरो कर तिर्नुपर्ने यो बाध्यात्मक अवस्थालाई सरलीकृत गर्नेतर्फ सरकार अग्रसर हुनुपर्छ। यस विषयमा हामीले सरकारसँग पटक-पटक छलफल गरेका छौं।
हाम्रो अर्को बिडम्वना भनेको एकदमै सुस्त प्रक्रिया हो। कर्मचारीतन्त्रबाट गर्नुपर्ने काम कुछुवाको गतिमा हुन्छ, त्यो पनि निकै झन्झटिलो छ। यसमा सरकारले सहज वातावरण बनाइदिनुपर्छ।
म पर्यटनदूत पनि भएर काम गरेको हुँ। नेपालमा पर्यटन क्षेत्रमा अथाह सम्भावना छ। तर हाम्रा पर्यटकीय क्षेत्रहरुको मार्केटिङ गर्न सकेका छैनौं। मैले त्यो बेला पर्यटन मन्त्रालयमा र पर्यटन बोर्डमा यो कुरा पटक-पटक उठाएको हुँ। हाम्रो बजारीकरणको रणनीति परिवर्तन गर्नुपर्छ। अहिले जुनसुकै कुरा पनि बजारीकरण नीतिसँग ठोकिन्छ। अहिले अस्ट्रेलियामा टीभी खोल्यौं भने चीनका पर्यटकीय स्थलको विज्ञपान देख्न सकिन्छ।
हामी पुरातनवादी मार्केटिङ पोलेसीमै रुमल्लिरहेका छौं। पर्यटन बोर्डले अस्ट्रेलियामा १० जना नेपालीलाई रेस्टुरेन्टमा बोलाउँछ। डिनर गराउँछ २ वटा प्रिजेन्टेसनमा एकाध पावरप्वाइन्ट स्लाइड गर्छ अनि फर्केर आउँछ। यो मार्केटिङ पोलेसीले कसरी पर्यटन प्रर्वद्धन हुन्छ, त्यो मार्केटिङ कहाँ र कति मान्छेमा पुग्छ? कति प्रभावकारी हुन्छ? यसले प्रतिफल दिँदैन।
मैले त्यो बेला पनि पर्यटन बोर्डलाई यही कुरा भनेको हो। बजारीकरण नीति परिवर्तन गरौं, ठूला-ठूला होडिङ बोर्ड एयरपोर्टमा लगाऔं। टेलिभिजनमा विज्ञापन गरौं। त्यहाँको मिडियामा हामी पुगौं भनेर सुझाव दिएको थिएँ। आखिर यसै पनि हामीले पैसा खर्च गरिरहेका छौं। तर त्यो राइट ठाउँमा भएको छैन। त्यसकारण राइट ठाउँमा खर्च गरौं भन्ने मेरो जोड थियो। तर ती सुझाव ग्रहण नगरिएको त होला, अहिलेसम्म कार्यान्वयन भएको देखिँदैन।
नेपालमा पर्यटकको संख्या बढाउने हो भने बजारीकरण नीति परिवर्तन गर्नैपर्छ। त्यसका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने, टिभी विज्ञापन गर्ने, होडिङ बोर्ड लगाउनेतर्फ जाने हो।
हामीसँग यति राम्रा प्रडक्ट छन्, त्यसको सेल हामीले गर्न सकिरहेका छैनौं। हामीसँग पशुपतिनाथ, गौतमबुद्धको जन्मस्थल, हिमाल, ट्रेकिङ रुटहरू छन्। तर, विडम्बना गौतमबुद्धको जन्मस्थल नेपाल हो भनेर धेरैलाई थाहा नै छैन। म यो बीचमा श्रीलंका, बैंकक जाँदा धेरै मान्छेलाई गौतमबुद्धको जन्मस्थल नेपाल हो भनेर थाहा नभएको पाएँ।
(अस्ट्रेलिया निवासी शाह एनआरएनएको ११औँ महाधिवेशनमा सचिव पदका उम्मेदवार हुन्। उनी यसअघि एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष थिए।)


