काठमाडौँ- नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले मूल्य घटाएको हो।
पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्यमा प्रतिलिटरमा ५ रुपैयाँले घटाइएको निगमले जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमको भनाइ छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ। डिजललाई भने प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ।



