काठमाडौँ- गत आर्थिक वर्षमा दायित्व सिर्जना भई भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब भुक्तानी हुने भएको छ।
निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको बताए।
भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयको भनाइ छ।
गत असोज ९ गते अर्थमन्त्री प्रकाशशरण महतले चितवन पुगेर निर्माण व्यवसायीको भुक्तानी दसैंअघि नै उपलब्ध गराउने बताएका थिए।


