काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी तीनै जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि चैत १९ गते रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका थिए। आज अन्जान पछि उमेशलालले उम्मेदवारी दर्ता गराएका हुन्।
सोमबार मात्रै उमेशलालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए। उनको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ छन्।
यस्तै वस्तुगत उपाध्यक्षका लागि हेमराज ढकालको उम्मेदवार छन्। एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य छन्।
अञ्जनको टिमबाट एसोसयिट उपाध्यक्षको प्रतिस्पर्धीमा फिक्स भएकी ज्योत्सना श्रेष्ठ संघईको टिममा गएपछि प्रबलजंग पाण्डे उम्मेदवार बनेका छन। वस्तुगततर्फको उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुण सुमार्गी रहने गरी टिम बनेको छ।
त्यस्तै रामचन्द्र संघईले पनि बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदै आइतबार आफ्नो प्यानल सार्वजनकि गरिसकेका थिए। उनको टिममा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैद्य छन् भने सकुन्तलाल हिराचनलाई वस्तुगततर्फ उपाध्यक्षका आकांक्षी छन्। एसोसयिट उपाध्यक्षमा भने ज्योत्सना आएकी छन्।







