२०८३ कार्तिक २२ गते शनिवार

सौराहा : दसैँअघि सुनसान, दसैँबिदामा गुलजार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १२
Sauraha-Turist

दसैं बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ छन्।

दसैंअघि सुनसान रहेका होटलदसैंपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन्। सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन्।

दसैं सुरू भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन्।

क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निरास पर्यटन व्यवसाय चाडबाड सुरू भएसँगै पुनः आशावादी भएको बताए।

‘दसैंअघि सौराहा सुनसान जस्तै थियो,’ उनले भने, ‘पर्यटकीय सिजन सुरू भएसँगै पर्यटक बढ्न थालेका छन्।’

देशमा बढ्दो अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको संख्यामा पनि कमी आउने हो कि भन्ने चिन्तामा रहेका व्यवसायीलाई दसैंको माहोलले भने केही उत्साहित बनाएको गिरीले बताए।

उनले दसैंपछि सौराहाका सबै होटल पर्यटकले भरिभराउ भएको जानकारी दिए।

आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको सौराहाको पर्यटनलाई पुरानै लयमा फर्काउने राम्रो संकेत दिएको सौराहाका पर्यटन व्यवसायी वासु ढुंगाना बताउँछन्। उनले दसैंमा पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको बताए।

दसैंको टीकापछि सौराहामा झनै पर्यटक बढेका छन्। शुक्रबार साँझ सौराहामा थामिनसक्नु भीड थियो। सौराहाको ड्याम-साइटका रेस्टुरेन्ट तथा होटल भरिभराउ थिए। होटल हर्मिटेजका सौराहाका सञ्चालक रमेश रेग्मीले आन्तरिकसँगै सौराहामा बाह्य पर्यटक बढेको बताए।

उनले बाह्य पर्यटक आउने समय भएका कारण पनि सौराहामा चहलपहल बढेको भन्दै व्यवसायमा केही उत्साह थपेको बताए। उनका अनुसार रसिया, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायत देशबाट घुम्नका लागि पर्यटक यहाँ आएका छन्।

पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भइरहेको छ। सौराहामा विदेशीभन्दा स्वदेशी पर्यटकको संख्या बढ्दो छ। दसैंका बेलामा घुम्नुपर्छ भन्ने मान्यताले पर्यटकीय क्षेत्र स्वदेशी पर्यटकले नै भरिराउँछ देखिन्छ।

आन्तरिक पर्यटक मिता आचार्यले दसैं बिदाको समय पारेर सौराहा घुम्न आएको बताइन्।

‘निकुञ्जमा जिप सफारी र राप्ती नदीमा डुंगा सयर गर्‍यौं,’ उनले भनिन्।

त्यस्तै अमेरिकाबाट घुम्न आएका पर्यटक एन्जेलाले चितवन निकुञ्जका वन्यजन्तुले र चराचुरूंगीले मन लोभ्याएको बताइन्। यहाँको प्राकृतिक वातावरणमा घुम्न पाउँदा मन आनन्दित भएको पनि उनले बताइन्।

सौराहा वरपर साना तथा ठूला गरेर एक सय ५० होटल छन् भने ५० भन्दा बढी रेस्टुरेन्ट छन्। सौराहामा चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै डुंगा सयर, हात्ती सफारीका लागि पर्यटक आउने गरेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष निकुञ्जमा स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले भ्रमण गरेका छन्।

प्रकाशित: २०८० कार्तिक १२ गते आईतबार ०४:१९
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना