काठमाडौं- अब नागरिक एपबाटै सवारी चालक अनुमति पत्र देखाउन पाइने भएको छ।
नागरिक एपले सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौँ,’ एपले फेसबुक पेजमा लेखेको छ।
उता ट्राफिक प्रहरीले भने नागरिक एपको स्टाटसलाई खण्डन गरेको छ।
नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमतिपत्र लाईसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने जानकारी ट्राफिक प्रहरीले गराएको छ।
ट्राफिक नियममा कारवाहीका लागि भौतिक रुपमा सक्कलै सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने समेत प्रहरीले प्रष्ट पारेको छ।
*शीर्षक सम्पादन गरिएको
