काठमाडौँ- वायुसेवा सञ्चालक संघले हवाई भाडा समायोजन गरेका छन्। सरकारले हवाइ इन्धनमा प्रतिलिटर रु १० मूल्य घटाइएपछि हवाइ भाडा पनि सस्तो बनाइएको हो।
संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा ४४० रुपैयाँ भाडा घटाइएको छ। यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।
काठमाण्डुबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ। अब माउन्टेन फ्लाइटका लागि५ हजार ४९० रुपैयाँ भाडा तिर्दा पुग्ने भएको छ।
थप गन्तव्यको भाडा सूचीमा



