काठमाडौं- अमेरिकी अनुदानप्राप्त मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी)अन्तर्गतको प्रसारणलाइन परियोजना बनाउन सातवटा कम्पनीले प्रस्ताव पेस गरेका छन्।
एमसीसीको सहयोग अन्तर्गत नुवाकोटको रातमाटे, बुटवल र दमौलीमा ४ सय केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण हुनेछन्।
ती परियोजना निर्माणका लागि भारत, साउदी अरेबिया, अफगानिस्तान तथा टर्कीका कम्पनीहरुले आवेदन दिएको एमसीए नेपालले जारी गरेको सूचनामा उल्लेख छ।
एमसीए नेपालले कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा २ कात्तिकमा प्राविधिक प्रस्ताव खोलेको थियो।
