काठमाडौँ- सन् २०२३ को १० महिनामा ८ लाख ९ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।
अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार ३०६ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
सन् २०२२ को सोही अवधिमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए।
सन् २०१९ मा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए।
अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८०, अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८० पर्यटक नेपाल आएका छन्।
अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९११, फ्रान्सबाट ५ हजार २७१, बङ्गलादेशबाट ४ हजार २९२, श्रीलङ्काबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ पर्यटक नेपाल आएका थिए।


