पोखरा- भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएका सामग्री लिएर दुई जहाज पोखरा अवतरण हुने भएका छन्।
चिनियाँ सेनाका जहाज पोखरा आउने भएका हुन्। बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छेन्दुबाट आउने ती जहाज सवा ९ बजेतिर ल्यान्ड हुने विमानस्थल प्रवक्ता जसोदा रेग्मीले जानकारी दिइन्।
चिनियाँ जहाज आउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा आउँदै छन्। चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्रीलाई हस्तान्तरण गर्नेछन्। ती सामान नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने तयारी गरेको छ।
चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ।
