काठमाडाैं- सूर्यज्योती लाइफ इन्स्योरेन्सलले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सूर्यज्योति सहि प्लान’ सार्वजनिक गरेको छ ।
शुक्रबार, सूर्यज्योति लाइफले काठमान्डौको लाजिम्पाट स्थित होटेल डुशिट प्रिन्सेसमा आयोजना गरिएको कार्यक्रममा ’सूर्यज्योति सहि प्लान’ को विधिवत उद्घाटन गरिएको थियो । उक्त प्रकडक्टको प्रमुख अतिथिका रुपमा रहेका बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बीमाप्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल लागायतप्राधिकारणका उच्चपदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई , निर्देशकहरु क्रमश ः नन्दकिशोर शर्मा, हेमन्त नहाटा,आकाश गोल्छा ,चुडामणि देवकोटा र प्रिया तयाल उपस्तिथी रहेको थियो।
समारोहमा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले ‘‘जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिव र भिन्न बिशेषतासहितको प्रोडक्ट ल्याएकोमा सूर्यज्योतिलाइफलाई धन्यबाद दिए । परम्परागत पोलिसीभन्दा सूर्यज्योतिले ल्याएको यस भिन्न पोलिसिबाट आम जनता लाभावन्तित हुनेमा आफुले विश्वास लिएको उनले बताए ।
