काठमाडौँ- आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। आइतबार ४७.७५ अंकले बढेर नेप्से १९०७ को बिन्दुमा पुगेको हो।
नेप्सेमा कारोबार भएका २९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता सेयर खरिद बिक्री भई दुई अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आइतबार सेयर बजारका सम्पूर्ण उपसूचकहरुमा हरियाली छाएको छ। सेयर बजार बढेसँगै सोनापुर मिनिरल्सको ११ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
त्यस्तै उक्त दिन नबील बैंकको ७ करोड ३७ लाख १२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ६ करोड ३४ लाख ८६ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ९८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो।
यस दिन बजारमा ६५ लाख ३० हजार ६४३ कित्ता शेयरको खरिद बिक्री हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ ।
यसअघि गत कात्तिक २ गते नेप्से १९०३.८४ बिन्दुमा पुगेको थियो। त्यसयता पहिलोपटक (एक महिना आठ दिनपछि) परिसूचक १९०० बिन्दुमा पुगेको हो।
गत असोज ९ गतेपछि कारोबार रकमले २ अर्बको बिन्दु चुम्न सकेको थिएन। असोज ९ गते ६५ लाख ३० हजार ६४३ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ ।


