२०८३ कार्तिक १५ गते शनिवार

पहिचानवादीको विरोधले ताप्लेजुङ बजार बन्द, यातायात ठप्प

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १३
Phungling_Banda-Taplejung1

ताप्लेजुङ- पक्राउ परेका कार्यकर्ताको रिहाइ माग गर्दै पहिचानवादीको विरोधका कारण ताप्लेजुङमा बजार बन्द भएको छ भने यातायात ठप्प भएको छ। बुधबार बिहानैदेखि बजार पसल तथा यातायात पूर्णरुपमा ठप्प भएको हो।

बन्दका कारण पुरै बजार क्षेत्र बन्द छ। चारपाङ्ग्रे गाडी, तीन पाङ्ग्रे, दुई पाङ्ग्रे मोटरसाइकलसहित सबै किसिमका सवारी साधन ठप्प छन्।

ताप्लेजुङबाट छुट्ने लामो तथा छोटो दूरीका कुनै पनि यातायातका साधन चल्न दिइएको छैन। यातायातका साधन नचल्दा पाथीभरालगायतका क्षेत्रको दर्शनका लागि आएका पर्यटक प्रभावित बनेका छन्।

बन्द कार्यक्रमलाई सफल बनाउन पहिचान पक्षधरका कार्यकर्ता फुङ्लिङ बजारका चोक–चोक र मेची राजमार्गअन्तर्गत बजारका सडकहरुमा बिहान सबेरैदेखि खटेका छन्। एम्बुलेन्स, दूधजन्य पदार्थ र तरकारी बोकेका साधनलाई रोकावट नभएको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका जिल्ला संयोजक डम्बर पालुङ्वाले बताए।

पहिचान पक्षधर र  एमालेका कार्यकर्ताहरूबीच ताप्लेजुङमा पटकपटक झडप हुँदै आएको छ। आइतबार मात्र पनि नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई चढेको गाडीमाथि पहिचान पक्षधरले ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट गाडीमा क्षति पुगेको छ।

यस्तै एमाले पोलिटव्यूरो तथा प्रदेससभा सदस्य तिलकुमार मेन्याङ्बोलाई पनि पहिचान पक्षधरले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए।

भट्टराई र मेन्याङ्बोविरुद्धको आन्दोलनका क्रममा प्रहरीले पहिचान पक्षधरका कार्यकर्ता विपिन कङ्लिवा र आनन्द कङ्लिवालाई पक्राउ गरेको छ। उनीहरुको रिहाइको माग राखेर पहिचान पक्षधरले आन्दोलन चर्काएका हुन्।

यसअघि मंगलबार पनि पहिचान पक्षधरले इलाम, पाँचथर र ताप्लेजुङमा यातायातका साधन चल्न दिएका थिएनन्।

एमाले र पहिचान पक्षधरबीच झडप, योगेश भट्टराईको गाडी तोडफोड

आफूलाई कालोझण्डा देखाएपछि ‍योगेश भन्छन्- एमालेलाई हमला गरेर कोशीको समस्या हल हुँदैन

पहिचानवादीले मेची राजमार्गमा यातायात चल्न दिएनन्

प्रकाशित: २०८० मङ्सिर १३ गते बुधबार १२:१६
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना