काठमाडौँ – मंगलबार सुनको मूल्य तोलाको २४ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य १ लाख १९ हजार २०० पुगेको छ।
सोमबार छापावाल सुनको तोलाको १ लाख २१ हजार ६०० मा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन तोलाको १ लाख १८ हजार ६५० पुगेको महासंघले जनाएको छ। सोमबार तेजाबी सुनको मूल्य तोलाको १ लाख २१ हजार थियो।
यस्तै मंगलबार चाँदीको मूल्य एक हजार ५०० पुगेको छ। सोमबार चाँदीको मूल्य १ हजार ५४५ मा कारोबार भएको थियो।
