काठमाडौँ- शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले भारतमा क्लिंकर निर्यात गर्न थालेको छ।
मंसिर १६ गतेदेखि क्लिङ्कर निर्यात थालिएको सिमेन्टले जानकारी दिएको हो।
सिमेन्टका प्लान्ड हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रुपमा रिवन काटी निर्यातको सुरुवात गरेका थिए।
उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको कम्पनीको क्लिंकर तथा सिमेन्टमा उच्चस्तरीय चुनढुङ्गाको प्रयोग हुने खड्काको भनाइ छ।
भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षण भई निर्यात स्वीकृति पाएको उनले जानकारी दिए।
उद्योगले २०७८ माघबाट व्यावसायिक उत्पादन सुरू गरेको हो।


