काठमाडौँ- उच्च अदालत पाटनले एनसेलको सेयर बिक्री नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिस्ट्रार कार्यालयका नाममा यस्तो आदेश जारी गरेको हो।
एनसेलका सेयर किनेबेच २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगराउन अदालतले भनेको छ।
यो प्रकरणमा अदालतले निवेदक र विपक्षीलाई २५ मंसिर छलफलमा बोलाएको छ।
