काठमाडौँ- एनसेलको सेयर कारोबारकाे इन्टरप्राइज भ्यालु ४० कराेड अमेरिकी डलर (५३ अर्ब २१ कराेड २० लाख रुपैयाँ) रहेको कम्पनीले जनाएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै एनसेलले सेयर कारोबारको इन्टरप्राइज भ्यालु ४० करोड डलर रहेको बताएको हो।
‘यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ,’ एनसेलले विज्ञप्तिमा भनेको छ।
आजियाटाले सन् २०२९ सम्म नाफा लिने समेत विज्ञप्तिमा उल्लेख छ। एनसेलले सबै कर दायित्व सम्पूर्ण पालना गरेको र यसको प्रमाणीकरण कर कार्यालयबाट भएकोसमेत उल्लेख गरेको छ।
एनसेलको सेयर कारोबारमा कर तिर्नुपर्ने भएमा नेपालको कानून अनुसार तिरिने समेत एनसेलको भनाइ छ। विभिन्न विषयमा नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेकाे पनि एनसेलले जनाएकाे छ।


