२०८३ साउन १३ गते बुधबार

अर्थतन्त्रले सही बाटो समाएको छ, नतिजा देखिन केही समय लाग्छ : अर्थमन्त्री महत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २७
mahat

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक लयमा देखिएको तर नतिजा देखिन केही समय लाग्ने बताएका छन्। अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री महतले यस्तो बताएका हुन्।

मुलुकको बाह्य क्षेत्रमा सुधार भएको, पर्यटन आवगमन बढेको, मौद्रिक नीतिको समीक्षामार्फत ब्याजदर घट्ने दिशामा रहेको, राजस्व र सरकारी खर्च बढ्दै गएकाले नेपाली अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको महतको भनाइ छ।

‘अर्थतन्त्रले सही बाटो समाएको छ। थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु भइसकेको छ। सबै सुधारका प्रयासले नतिजा दिन केही समय लाग्छ,’ महतले भने।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत सहज नीति लिएकाले यसले उद्योगी व्यवसायी र सम्पूर्ण अर्थतन्त्रमा सहजीकरणको सन्देश प्रवाह गर्ने महतले बताए। आफूले जिम्मेवारी लिँदा निकै कमजोर अवस्थामा रहेको अर्थतन्त्रमा पछिल्लो समय सुधार देखिएको उनले बताए।

‘मैले अर्थतन्त्र सम्हाल्दा अर्थतन्त्रका सूचकहरू सहज थिएनन्। कोभिडको समयमा राष्ट्र बैंकले अत्यन्तै खुकुलो मौद्रिक नीति अबलम्वन गरेको थियो। त्यसबेला अत्यधिक कर्जा प्रवाह भयो। त्यसलगत्तै राष्ट्र बैंकले निकै कडा मौद्रिक नीति ल्यायो। यसले अर्थतन्त्र प्रभावित बनायो। अर्थतन्त्र संकुचन हुँदा राजस्व प्रभावित भयो’, महतले भने।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत सम्पूर्ण क्षेत्रलाई सहज बनाइएको महतले बताए। यस अवधिमा बहुवर्षीय ठेक्काको कामलाई व्यवस्थित गर्दै चालु खर्चलाई वाञ्छित सीमाभित्र राख्ने काम भएको उनले बताए।

अर्थमन्त्री महतले पुँजीगत खर्च ६ प्रतिशतले बढेको, भन्सारबाट आउने राजस्व १३ प्रतिशत बढेको, आयकर १२ प्रतिशत र मूल्यअभिवृद्धि कर ७.१९ प्रतिशत तथ्यांक प्रस्तुत गरेका थिए।

राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत नीतिगत दर १ प्रतिशत बिन्दुले घटाएकाले अब ब्याजदर घट्दै जाने उनको भनाइ थियो। बैंक तथा वित्तीय संस्थाहरुले पनि ब्याजदर घटाउन थालेको भन्दै महतले बैंकहरुको आधार दर ९.९४ प्रतिशत रहेको बताए।

यस्तै आवश्यकताका आधारमा मात्रै वैदेशिक साहयता लिने, जलविद्युत परियोजनालाई थप व्यवस्थित गर्ने र १२ महिना चल्ने सडक विस्तार गर्ने गरी पूर्वाधार निर्माण गर्ने उनले बताए।

सूचना प्रविधिको क्षेत्रमा युवाहरु आकर्षित रहेको र यसलाई थप व्यवस्थित गर्न सकिने उनले बताए। सूचना प्रविधिलाई नै ध्यान दिएर आगामी बैशाख १० र ११ गते लगानी सम्मेलन आयोजना गरिन लागिएको उनले बताए।

युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न यस क्षेत्रमा वैदेशिक लगानी गरिने पनि उनले बताए।

पर्यटक आगामण बढेको, निक्षेप संकलन बढ्दै गएको, राजस्व संकलनमा पनि सुधार भएको तथा बाह्य क्षेत्रमा सुधार देखिएकाले स्रोतका हिसाबले नेपाली अर्थतन्त्र ऐतिहासिक रुपमा सबल रहेको मन्त्री महतको भनाइ छ।

प्रकाशित: २०८० मङ्सिर २७ गते बुधबार १२:०३
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना