काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जार्भोसले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवन शितलनिवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरीवी न्यूनिकरणमा पुर्याएको सहयोगको सह्राना गरेका थिए।
उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा पनि विश्व बैंकले सहयोग गर्ने अपेक्षा गरेका थिए।
जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय भएको राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
निर्देशक जार्भोसले नेपाल र विश्व बैंकबीचको सहकार्य सुदृढ रहेको बताए।
