२०८३ कार्तिक २२ गते शनिवार

नबिल स्टक डिलरको उद्घाटन, पुँजीबजारसम्बन्धी सबै सेवा दिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३०
nabil_stock

काठमाडौँ- नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

शुक्रबार काठमाडौंमा आयोजित समुद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल लगायतको उपस्थितिमा डिलरको औपचारिक उद्घाटन गरिएको हो।

पुँजी बजारसम्बन्धी नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र व्यापारीको रूपमा नबिल स्टक डिलरले आफ्नो गतिविधि सञ्चालनले पुँजी बजारको गुणात्मक विकासमा सहयोग पुग्ने अपेक्षा राखेको बताए।

हमालले पुँजी बजारको विकासमा यो पहल एक उदाहरणीय डिलरको रूपमा साबित हुने विश्वास व्यक्त गरे। बैंकहरुको सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पुँजी बजार विकासमा नयाँ आयाम थपेको उनले बताए ।

नबिल बैंकले नेपालको पुँजी बजारमा नयाँ आयाम थप्ने उद्देश्यका साथ आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा नबिल स्टक डिलर कम्पनी खडा गरेको पौड्यालले बताए। अन्य देशमा प्रचलनमा रहेका राम्रा अभ्यासहरूलाई नेपालमा ल्याउने तथा संस्थागत सुशासन कायम गर्नेे उनले धारणा राखे।

कार्यक्रममा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत आचार्यले पुँजी बजारको विकासमा नबिल डिलरको उल्लेखनीय भूमिका निभाउन सक्ने विश्वास व्यक्त गरे।

नबिल स्टक डिलरका अध्यक्ष निरज गिरिले नबिल स्टक डिलरले नेपालको पुँजी बजारमा पृथक पहिचान कायम गर्ने बताए। नबिल स्टक डिलर एक विश्वासिलो एवं दरिलो धितोपत्र व्यवसायीको रूपमा स्थापित हुने अध्यक्ष गिरिको भनाई छ।

यसअघि नबिल सेक्यूरिटिजको नामबाट कारोबार सञ्चालन गरेको कम्पनीले हाल नाम परिवर्तन गरी नबिल स्टक डिलरको रूपमा कार्य थालेको हो।

कम्पनीले गत भदौ २० गतेदेखि आफ्नो कारोबार सञ्चालन गरे तापनि औपचारिक उद्घाटन शुक्रबार गरिएको हो।

नबिल सेक्यूरिटिज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो। कम्पनीको अध्यक्ष गिरि धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक थिए भने प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा रहेका छन्।

चुक्ता पुँजी एक अर्ब ५२ करोड रहेको संस्थाले हाल स्टक डिलर, पूर्णकालीन धितोपत्र दलाल सेवा, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवाहरू प्रदान गरिरहेको छ। निकट भविष्यमा छिट्टै नै मार्जिन कर्जा सेवा, लगानी व्यवस्थापन सेवा लगायतका सेवाहरू सञ्चालन गर्ने तयारीमा नबिल स्टक डिलर रहेको छ।

कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलालसेवा (धितोपत्र ब्रोकर नम्बर ७७) को अनुमति प्राप्त गरी सेवा दिइरहेको छ।

प्रकाशित: २०८० मङ्सिर ३० गते शनिवार ०५:०६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना