काठमाडौँ- कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन्।
प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरेका थिए।
करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पदबहाली गरे। उक्त स्वागत तथा पदबहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो।
सुवेदीले कामना सेवामा आउनु भन्दा अगाडी साग्रीला डेभलपमेन्ट बैंकबाट सेवा गरेका थिए।
सुवेदीको नियुक्तिले बैंकको आफ्नो व्यवसाय वृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ। हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ।


