काठमाडौँ- नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन्।
२३० औं सञ्चालक समितिको बैठकबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
एक कार्यक्रमका बीच पौडेलले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन्।
नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसमा गरिंदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो।
पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्।


