काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ। खुला प्रतियोगिताद्वारा रिक्त रहेका पदहरू पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले प्रकाशित गरेको सूचनामा जनाइएको छ।
जारी सूचनामा बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयासम्मका पदका लागि दरखास्त माग गरेको हो।
तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।



