पाेखरा- जिल्ला कास्की पोखरा महानगरपालिका-१९ ढावा पुलस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको संरक्षित इलाकाबाट अवैध रुपमा प्राकृतिक दोहन गर्ने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जनसूचनाका आधारमा टिप्परलाई नियन्त्रणमा लिइएको हो।
अवैध रुपमा चोरी निकासी गरी नदीजन्य पदार्थ ढुङ्गा/गिट्टी निकाली रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए।
अवैध रुपमा ढुङ्गा गिटी बोकेको ग १ क ५१५५ नं. को टिपर र चालक जिल्ला मकवानपुर थाह न.पा. ७ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. २५ हेम्जा बस्ने बर्ष २३ को नवराज गोलेलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको छ।


