सन् २०२३ पूर्ण रुपमा भावना, विचार र अनुभवको वर्ष रह्यो। मेरी छोरीले पहिलो कदम राखिन् र आफ्नो पहिलो शब्दहरु बोलिन्। बदलिइरहने र केही हदसम्म अनिश्चित भविष्य भएको उद्योगमा कलाकारहरुले आफ्ना नयाँ अधिकारका लागि लड्दा फिल्म र टेलिभिजन प्रडक्सन रोकिए। र, हामीले नयाँ प्रविधि ‘कृतिम बौद्धिकता’को आधारभूत पक्ष पनि सामना गर्यौं, यसले छोरी छोरीका पहिलो शब्दहरु नक्कल गर्न सक्दैन होला, तर धेरैले यसलाई हाम्रो कलात्मक अभिव्यक्ति, बौद्धिकतासहित ती सबै कुराको चुनौतीका रुपमा लिन्छन्। जसले हामीलाई मानिस बनाएको छ।
एउटा कम्पोजर र पियानिस्टका रुपमा मैले आफ्ना कठिन भावनाहरुलाई आधारभूत रुपमा संगीतमार्फत ओकल्ने गर्छु। विपक्षीलाई समेत आफ्नो बनाउने र पेट तथा हृदयले बुझ्ने गरी हरेक कुरा अनुवाद गर्ने तरिका कलामा हुन्छ।
शब्दहरुले हामीलाई असफल बनाएका बेला पनि कलामार्फत मानवीय सिर्जना र अनुभव गर्नुको आनन्द बेग्लै छ। तर २०२४ मा हामी जाँदै गर्दा हामीले कसरी कलामा प्रविधिको भूमिकालाई कसरी व्यवस्थित गर्न सक्छौं? भन्ने प्रश्नको जवाफ दिन मैले संघर्ष गरिरहनु परेको छ। भावना नभएको कृतिम बौद्धिकता (एआई) जो तथ्यमा आधारित हुन्छ, सिर्जनामा यसको अर्थ के रहन्छ ?
मलाई स्पष्ट हुन दिनुस्। मलाई प्रविधि मनपर्छ। धेरैभन्दा धेरै। यसले कसरी काम गर्छ, यसलाई कसरी प्रयोग गर्ने ? मेरो जीवनमा नयाँ प्रविधिले मलाई कति सिकाइरहेको छ, सुनिरहेको वा ट्रयाक गरिरहेको छ भन्ने विषयलाई मैले ध्यान दिइरहेको छैन। तर यो बिना म सायद बाँच्न सक्दिनँ। वास्तविक सांगीतिक उपकरणबाट रेकर्ड गर्नुअघि मैले एक कम्पोजरका रुपमा फिल्म स्कोरको पूर्णः डिजिटल स्याम्पल सिर्जना गर्नुपर्ने हुन्छ, जबकि वास्तविक कुरासँग यसको कहिल्यै तुलना हुँदैन।
फिल्म र संगीतप्रति पागल भएकाले मैले इन्टरनेटमा प्राप्त हुने हरेक स्कोर, रेकर्डिङ, फिल्म र अन्तर्वार्ता निरन्तर रुपमा सुन्ने/हेर्ने गरिरहेकोहुन्छु।
कलाका अन्य विधाजसरी नै एआईलाई हेर्ने, शंकाले हेर्ने र यसले के कुरामा प्रेरित गर्नसक्छ भनेर नजर लगाइरहने, यस्तो हुँदा यसका सिर्जनाहरुबाट कम खतरा महसुस हुन्छ।
खासमा मैले ‘मलर सिम्फानीको विश्लेषण पढ्न, टिम्बाल्यान्डले ‘वर्क इट’ विटको पार्टका लागि दिएको स्याम्पलबारे सिक्न ५ मिनेटको इन्स्टाग्राम ब्रेक अवधि सदुपयोग गर्न सक्छु र यो मेरा लागि कहिल्यै पुरानो हुने छैन।
सूचनाको यो दुनियाँमा सबै जनाजस्तै म पनि विभिन्न कुराहरुसँग ठोक्किन्छु र संगीत लेख्दा ती कुराहरु सम्झन्छु। स्वभाविक रुपमा मैले गत वर्ष च्याट जिपिटीको नयाँ संस्करण आएपछि केही सिक्न र काम गर्न सहयोग मिल्न सक्छ भन्ने ठानेँ। तर एकैपटक मलाई यो निकै रोमाञ्जक र त्रासद लाग्यो।
मैले शास्त्रीय संगीतका १० वटा टुक्राहरु माग्दा कहिल्यै नसुनेका शास्त्रीय संगीतका लगभग २० वटा टुक्राहरु पाएँ। वा, कुनै फिल्ममेकरले मेरा प्रिय निर्देशकलाई प्रेरित गरेँ भन्ने खोज्दा पनि यस्तै भयो। जतिबेला मैले अश्वेत कम्पोजरहरुहरुको नाम खोजेको थिएँ र दुर्भाग्य, श्वेत कम्पोजरहरुको सुचू जेनेरेटेड भयो। वा, कुनै विशेष लेखकको शैलीमा दृश्य लेख्न लगाउन पनि सकिन्छ। झट्ट सुन्दा अनौठो लागे पनि त्यही लेखकको मौलिकता समातेर शैली र भाव आउने गरी सिर्जना बन्छ। सहज छ। तयार हुन्छ।
मलाई अचानक लाग्यो कि म यसलाई विश्वास गर्न सक्दिनँ। म त्यस्तो सूचनाको स्रोतमा कसरी निर्भर रहन सक्नु, जोसँग तथ्य जाँच वा अनुसन्धानको कुनै आधार छैन?
यदि आगामी पुस्ताका लागि इतिहास जगेर्ना गर्नेगरी एआईलाई विश्वास गर्यौं भने यसले के पुनर्लेखन गर्ला? के कमजोर रुपमा दस्तावेज गरिएका कथा ( जो इतिहासमा बाँच्दैंनन्) हराउनेछन् र विस्मरण हुनेछ?
केही समयपछि म नयाँ सोचसहित च्याट जिपिटीमा फर्किएँ। मैले वृत्तचित्रमा कम्पोजरका रुपमा काम थालेको थिएँ, मैले आफैं पनि केही वृत्तचित्र निर्माण गरेको छु।
जब मैले स्वरुप पढें, तब म सिनेमा बनाउने यो शैलीसँग प्रभावित भएँ, जो संभव भएसम्म अवलोकनात्मक हुन्थ्यों, जहाँ न्यारेशन कम हुन्छ र निर्मातालाई कथाको पात्र बन्न नदिने लक्ष्यसहित रेकर्डिङ गरिएको हुन्छ।
मलाई केवल बसेर नियालिरहने क्यामेराको प्रतिबद्ध कामको प्रकृति मन पर्यो। मानिसहरुको वर्तमान देखाउने लामा, व्याख्या नगरिएका सटहरु साधारणर निकै सुन्दर थिए।
तर जब मैले यस माध्यमबारे ज्ञान हासिल गर्न थालें, तब म सिनेमामा ‘सत्य’ को सोचबारे थप जिज्ञासु भएँ।
क्यामेरापर्सनले के खिच्ने भन्ने छान्छन्। दृश्य सम्पादकले के काट्ने भन्ने छान्छन्। अन्त्यमा, निर्देशकले फुटेजले कुन कथा बोल्छ भन्ने तय गर्छन्।
रचनात्मक प्रक्रियाबाट यीमध्ये कोही पनि व्यक्तिले कसरी आफ्ना चारित्रिक विशेषता र पूर्वाग्रह हटाउन सक्छन्?
यसले मलाई ज्याजको सम्झना गरायो। इम्प्रोभाइजर (बिना तयारी प्रस्तुति दिने व्यक्ति) का रुपमा कुन क्षणमा के कुरा हुन्छ भन्नेमा हामी सधैं खुला रहन्छौं। बास प्लेयरसले बजाउने नोट होस् वा ड्रमरको रिदम होस्, हामी कुन क्षणमा के हुन्छ र त्यसबाट प्रेरित हुने भनेर एन्टेनाजस्तै सिग्नल कुरेर बसेका हुन्छौं।
तर पनि मौलिक प्रस्तुतिकर्ताहरु उनीहरुजस्तै सुनिन्छन्। उनीहरुसँग झुकावहरु हुन्छन्, उनीहरुको उपकरणमा एक स्पर्श र आवाज छ, जो त्यहाँ सधैं रहन्छ। रातको समयमा पनि।
म कल्पना गर्छु कि सिनेमामा काम गर्ने हरेक कलाकारको हकमा यस्तै हुन्छ। केही सिनेमाटोग्राफरहरु दृश्यमा डुबेर खिच्न चाहन्छन्। केही दृश्य सम्पादक विशेष स्पिड वा लयमा काट्न चाहन्छन्। हामी सहयोग गर्न सक्दैंनौं, तर हामी कहाँबाट आयौं र कसरी दुनियाँलाई हेर्न सिक्यौं भन्ने आधारमा सिर्जना गर्न सक्छौं। कला (आर्ट फर्म) का रुपमा हामी सिनेमालाई ‘सत्यपूर्ण सिनेमा’ भनेर अनुवाद गर्छौं, यद्यपि यहाँ अझै ‘सत्य’ फिल्टर गरिएको हुन्छ।
एआईका विषयमा पनि यही बन्न सकिन्छ। म सूचनाको एक सर्वशक्तिमान स्रोत खोज्दै च्याटजीपीटीमा आइपुगेको थिएँ। तर, इन्टरनेटबाट संकलन गरिएका जवाफमा आधारित रहेर प्रोग्रामले गरेका उत्कृष्ट अनुमान फेला पारें। एउटा शिक्षक नभएर मैले भ्रामक सूचनाको दुनियाँमा हुर्किएको केही कुरा पाएँ। र, ठूलो परिमाणमा शब्दहरु पाएँ, जसले अल्गोरिदमलाई कसरी लेख्ने भनेर सिकाउन सक्ला, तर कसरी बुझ्ने भनेर सिकाउन सक्दैन।
हामीले कसरी आफ्ना जीवनका अनुभवहरु हस्तान्तरण गर्छौं र कठिन भावनाहरुलाई पाना वा नोटमा उतारेर धुनमा भर्छौं भन्ने विषयमा एआईसँग ज्ञान छैन भन्ने जान्न पाउँदा एउटा कलाकारका रुपमा मलाई हल्का शान्ति मिल्यो।
एआईबाट बनाइएको कलाकारको सिर्जना सधैं एकनासको (संरचनागत) जस्तै हुन्छ, यसमा इन्टरनेटका गलत कुराहरु पनि मिसिएको हुन्छ। एआईबारे यो बुझेर यसलाई केवल अर्को कलाको स्वरुपका रुपमा लिँदा यसलाई केवल प्रेरणाको अर्को राम्रो स्रोत बनाउन सकिन्छ। (जहाँ धेरै ठाउँबाट सूचना जेनेरेट हुन्छ र धेरै दृष्टिकोणबाट फिल्टर पनि हुन्छ)
एउटा समाजका रुपमा आफैं र भावी पुस्तालाई यी अल्गोरिदमहरु सही, विविध र व्यापक समीक्षा गरिएका सूचनाका रुपमा हस्तान्तरण गर्नुपर्ने ऋण हामीमाथि छ।
एउटा कलाकारका रुपमा कसरी एआई हुर्कन्छ भनेर हेर्न म उत्साहित छु। जब यसले कुनै कुरा बनाउँछ। म यसलाई त्यसरी नै समीक्षा गर्छु, जसरी अन्य कलाकारहरुको कामको गर्छु। व्यावसायिक शंकासहित यसबाट मिल्ने प्रेरणातर्फ नजर डुलाउँछु।
(बोयर्स ओस्कार अवार्ड र इम्मी अवार्डको मनोनयनमा परिसकेका विश्वचर्चित संगीतज्ञ हुन्।)


