अमेरिकाले मृतकका विषयमा बोल्छ। तर, इजरायलले गरेको आक्रमण उसलाई ठिक लाग्छ। थोरै मानिसले मात्रै हमासलाई राम्रो भन्छन्, तर कतारले खर्बौ पठाइरहँदा सबैलाई ठिक छ। धेरैजना दुई राज्य समाधान चाहन्छन्, तर उनीहरुले बेन्जामिन नेतान्याहुलाई भन्दैनन्, जो यस समाधानविरुद्ध छन्।
प्राय: सबै देशहरु हमास पराजित भएको हेर्न चाहन्छन्। तर, तीमध्ये प्राय सबै देशहरु प्यालेस्टिनीहरु हारेको पनि हेर्न चाहँदैनन्। गाजा युद्धमा विश्वको दुनियाँ यहीं छ। हमास हार्दा पनि प्यालेस्टिनी नहार्ने सुनिश्चित कसरी गर्ने ? वा, हमासले नजिति प्यालेस्टिनीलाई कसरी विजयी गराउने।
इजरायलको निशाना र कारबाही
इजरायलले गाजाका सबै प्यालेस्टाइनीहरुलाई हमाससँग जोडेर हेर्छ। उसका लागि प्यालेस्टिनीहरुलाई हराउनु भनेकै हमासलाई हराउनु हो। प्यालेस्टिनीहरुलाई हराउनु ‘दुई राज्य समाधान’ पक्षधरहरुलाई हराउनु हो।
इजरायली प्रधानमनत्री बेन्जामिन नेतान्याहु र उनका दक्षिणपन्थी मन्त्रीहरुले यस समाधानविरुद्ध आफूलाई सार्वजनिक रुपमै उभ्याएका छन्। यसको अर्थ, प्रत्येक प्यालेस्टिनी गाजामा इजरायलको वैध निशानामा छन्। यसमा तीन इजरायली बन्दीहरु पनि समावेश छन्, जसलाई भुलवस् प्यालेस्टिनी ठानेर गोली हानिएको थियो।
दुई क्रिष्टियन महिलाहरु गाजास्ति ‘होली फेमिली पेरिस’ मा १६ डिसेम्बरमा मारिएका थिए। मदर टेरेसाको च्यारिटीका मिसनरीहरु, जसलाई मैले सन् १९९६ देखि १९९८ सम्म गाजामा छँदा भेटेको थिए, उनीहरु इडिएफ रकेट फायरको निशानामा परे।
दण्ड र पुष्टि
हमास र प्यालेस्टाइनलाई जोडेर हेर्ने इजरायली दृष्टीकोण छ, जसकारण हमासको पराजयसँग जोडेर ८ हजार ६ सय प्यालेस्टिनी बालबालिकाको मृत्य पुष्टि गर्न इजरायली र पश्चिमालाई सहज भएको छ। प्यालेस्टिनीहरुलाई खाद्यान्न, पानी र औषधिको आपुर्ति रोकेर दण्ड दिनु उनीहरुका दृष्टिमा स्वीकार्य छ।
इजरायलले गाजाका सबै प्यालेस्टाइनीहरुलाई हमाससँग जोडेर हेर्छ। उसका लागि प्यालेस्टिनीहरुलाई हराउनु भनेकै हमासलाई हराउनु हो।
१ सय ५३ देशहरुसहितको ग्लोबल साथउ, जसले संयुक्त राष्ट्रसंघ महासभाको संकल्प प्रस्तावमा तत्कालै युद्धविराम गर्न मत दिएका थिए, उनीहरु हत्या अन्त्य होस् भन्ने चाहन्छन्। यद्यपी, वर्षौसम्म हमासलाई कमजोर पार्न, हतियार हासिल गर्न वा सैन्य संरचना बनाउनबाट (जो रोक्नसक्ने ठाउँमा थिए) उनीहरुले रोकनन्।
हमाससँग लड्ने र उसैलाई सहयोग गर्ने
जब इराजयलले हमासको रकेटविरुद्ध प्रत्याक्रमण गर्छ। त्यहाँ हिंसा नरोकिएसम्म आउने–जाने चटारो चलिरहन्छ। गाजामा त्यतिबेला धेरै पैसा र मानवीय सहयता पु¥याइन्छ, जब पश्चिमाहरुले हमाससमक्ष प्रत्यक्ष नपुग्नेगरी कमजोर प्यालेस्टिनी प्राधिकरण (जसको गाजामा कुनै उपस्थिती छैन र मित्रशक्तिले बेवास्ता गरेका छन्), वा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उद्धार तथा वर्क एजेन्सी (युएनआरडब्ल्युए), वा अन्य एनजिओमार्फत सहयोग पठाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नेछन्।
अर्को तर्फ, उनीहरुले गोप्य रुपमा कतारसँग सम्झौता गर्नेछन्, इजरायल र अमेरिकाको आर्शिवाद पाएको कतारले सिधा रुपमा हमासलाई १ अर्ब ५० करोड डलरभन्दा धेरै रकम पठाइसकेको खबर छ।
अन्तिम लक्ष्य
गाजायुद्ध कुनै राजनीतिक लक्ष्यबिनाको सैन्य अभियान हो, किनकी इजरायली सरकारले प्यालेस्टिनी राज्यलाई स्विकार्दैन। तसर्थ, यस सैन्य अभियानको अन्तिम लक्ष्य प्यालेस्टाइनमाथि कब्जा जारी राख्नु हो। यस अतिरिक्त गाजाको पुनर्संरचनाका लागि कसैले खर्च गरिदियोस् भन्ने पनि हो।
कुनै अन्त्यबिनाको कब्जा राजनीतिक लक्ष्य हुनसक्दैन। अमेरिकाले गाजामा यस लक्ष्यहिन युद्धका लागि इजरायललाई ठाउँ दिइरहेको छ। यद्यपी, वेस्ट बैंक र पूर्वी जेरुसलेममा बढ्दो हत्या–हिंसासँगै अन्तर्राष्ट्रिय कानुनको गम्भिर उल्लंघन भएकाले इजरायलका लागि बाँकी विश्वको समर्थन तिव्र रुपमा कम भइरहेको छ।
राजनीति र दृष्टीकोण
तर आफुलाई अझै समय चाहिन्छ भन्नेमा नेतान्याहु स्पष्ट छन्। नेतान्याहुले माग गरिरहेको यो समय हमासलाई हराउनभन्दा पनि उनको राजनीतिक व्यक्तित्व प्रवद्र्धन गर्नका लागि हो भन्ने धेरैको दृष्टीकोण छ।
अमेरिकालाई थाहा छ कि यसले घरेलु र अन्तर्राष्ट्रिय रुपमा प्रभाव जमाइरहेको छ। तर, हमासलाई हराउने इजरायलको लक्ष्यमा उसको सहमति छ। त्यहीकारण उसको चिन्ता सर्वसाधारणको मृत्यभन्दा पनि आफ्नो विद्यमान दृष्टीकोणमा अडिग रहनेमा छ। बेलायत र जर्मनीका विदेशमन्त्रीहरुले ‘दिर्घकालिन युद्धविराम’ को आव्हान गरेका छन्। फेरि उनीहरु नै भनिरहेका छन्, ‘तत्कालको युद्धविरामले हमासलाई मात्रै समर्थन गर्नेछ।’ तमिलमा एउटा भनाई छ, ‘एउटा खुट्टा किनारामा, अर्को खोलामा।’ पश्चिम एशियामा यस्तै भइरहेको छ।
इरान र उसको मुर्खताको डर
क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण मानिने एउटा राष्ट्र इरानलाई बेवास्ता गरिएको छ। लेबनानमा हमासका शीर्ष नेताको मृत्यु र इरानको केर्मान शहरमा १ सय जनाको ज्यान जानेगरी यसै साता भएको बिस्फोटले क्षेत्रीय शान्तिमा खलल पुर्याएको छ। यमनमा इरानको सहयोग पाएका हुथीहरुले रेड सीस्थित जहाजहरुमा ड्रोन आक्रमण गरिरहेका छन्। भारतनजिक रहेको हिन्द महासागरमा पनि यस्तै अवस्था छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युद्धविराम र हत्या अन्त्यको माग माग गर्न सकिरहेको छैन। अर्थात्, जे गर्नुपर्ने हो, त्यो गर्न सकिरहेको छैन। बरु, मर्न नलागेकाहरुका लागि तत्काल खाद्यान्न र औषधि पु¥याउन सहमति गरेको छ। यो सबै परिस्थितीमा प्यालेस्टिनी राज्य पश्चिम एशियाको घाँटीमा अड्किएको छ। न यसलाई निल्न सकिन्छ, न त ओकल्न।

