२०८३ साउन १३ गते बुधबार

गाजामा दुईजिब्रे भूराजनीतिको खेल

 |  टिएस तिरुमुर्ति
Sanket

टिएस तिरुमुर्ति

काठमाडौँ, पुस २९
gaja2
फाइल तस्विर

अमेरिकाले मृतकका विषयमा बोल्छ। तर, इजरायलले गरेको आक्रमण उसलाई ठिक लाग्छ। थोरै मानिसले मात्रै हमासलाई राम्रो भन्छन्, तर कतारले खर्बौ पठाइरहँदा सबैलाई ठिक छ। धेरैजना दुई राज्य समाधान चाहन्छन्, तर उनीहरुले बेन्जामिन नेतान्याहुलाई भन्दैनन्, जो यस समाधानविरुद्ध छन्।

प्राय: सबै देशहरु हमास पराजित भएको हेर्न चाहन्छन्। तर, तीमध्ये प्राय सबै देशहरु प्यालेस्टिनीहरु हारेको पनि हेर्न चाहँदैनन्। गाजा युद्धमा विश्वको दुनियाँ यहीं छ। हमास हार्दा पनि प्यालेस्टिनी नहार्ने सुनिश्चित कसरी गर्ने ? वा, हमासले नजिति प्यालेस्टिनीलाई कसरी विजयी गराउने।

इजरायलको निशाना र कारबाही
इजरायलले गाजाका सबै प्यालेस्टाइनीहरुलाई हमाससँग जोडेर हेर्छ। उसका लागि प्यालेस्टिनीहरुलाई हराउनु भनेकै हमासलाई हराउनु हो। प्यालेस्टिनीहरुलाई हराउनु ‘दुई राज्य समाधान’ पक्षधरहरुलाई हराउनु हो।

इजरायली प्रधानमनत्री बेन्जामिन नेतान्याहु र उनका दक्षिणपन्थी मन्त्रीहरुले यस समाधानविरुद्ध आफूलाई सार्वजनिक रुपमै उभ्याएका छन्। यसको अर्थ, प्रत्येक प्यालेस्टिनी गाजामा इजरायलको वैध निशानामा छन्। यसमा तीन इजरायली बन्दीहरु पनि समावेश छन्, जसलाई भुलवस् प्यालेस्टिनी ठानेर गोली हानिएको थियो।

दुई क्रिष्टियन महिलाहरु गाजास्ति ‘होली फेमिली पेरिस’ मा १६ डिसेम्बरमा मारिएका थिए। मदर टेरेसाको च्यारिटीका मिसनरीहरु, जसलाई मैले सन् १९९६ देखि १९९८ सम्म गाजामा छँदा भेटेको थिए, उनीहरु इडिएफ रकेट फायरको निशानामा परे।

दण्ड र पुष्टि
हमास र प्यालेस्टाइनलाई जोडेर हेर्ने इजरायली दृष्टीकोण छ, जसकारण हमासको पराजयसँग जोडेर ८ हजार ६ सय प्यालेस्टिनी बालबालिकाको मृत्य पुष्टि गर्न इजरायली र पश्चिमालाई सहज भएको छ। प्यालेस्टिनीहरुलाई खाद्यान्न, पानी र औषधिको आपुर्ति रोकेर दण्ड दिनु उनीहरुका दृष्टिमा स्वीकार्य छ।

इजरायलले गाजाका सबै प्यालेस्टाइनीहरुलाई हमाससँग जोडेर हेर्छ। उसका लागि प्यालेस्टिनीहरुलाई हराउनु भनेकै हमासलाई हराउनु हो।

१ सय ५३ देशहरुसहितको ग्लोबल साथउ, जसले संयुक्त राष्ट्रसंघ महासभाको संकल्प प्रस्तावमा तत्कालै युद्धविराम गर्न मत दिएका थिए, उनीहरु हत्या अन्त्य होस् भन्ने चाहन्छन्। यद्यपी, वर्षौसम्म हमासलाई कमजोर पार्न, हतियार हासिल गर्न वा सैन्य संरचना बनाउनबाट (जो रोक्नसक्ने ठाउँमा थिए) उनीहरुले रोकनन्।

हमाससँग लड्ने र उसैलाई सहयोग गर्ने
जब इराजयलले हमासको रकेटविरुद्ध प्रत्याक्रमण गर्छ। त्यहाँ हिंसा नरोकिएसम्म आउने–जाने चटारो चलिरहन्छ। गाजामा त्यतिबेला धेरै पैसा र मानवीय सहयता पु¥याइन्छ, जब पश्चिमाहरुले हमाससमक्ष प्रत्यक्ष नपुग्नेगरी कमजोर प्यालेस्टिनी प्राधिकरण (जसको गाजामा कुनै उपस्थिती छैन र मित्रशक्तिले बेवास्ता गरेका छन्), वा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उद्धार तथा वर्क एजेन्सी (युएनआरडब्ल्युए), वा अन्य एनजिओमार्फत सहयोग पठाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नेछन्।

अर्को तर्फ, उनीहरुले गोप्य रुपमा कतारसँग सम्झौता गर्नेछन्, इजरायल र अमेरिकाको आर्शिवाद पाएको कतारले सिधा रुपमा हमासलाई १ अर्ब ५० करोड डलरभन्दा धेरै रकम पठाइसकेको खबर छ।

अन्तिम लक्ष्य
गाजायुद्ध कुनै राजनीतिक लक्ष्यबिनाको सैन्य अभियान हो, किनकी इजरायली सरकारले प्यालेस्टिनी राज्यलाई स्विकार्दैन। तसर्थ, यस सैन्य अभियानको अन्तिम लक्ष्य प्यालेस्टाइनमाथि कब्जा जारी राख्नु हो। यस अतिरिक्त गाजाको पुनर्संरचनाका लागि कसैले खर्च गरिदियोस् भन्ने पनि हो।

कुनै अन्त्यबिनाको कब्जा राजनीतिक लक्ष्य हुनसक्दैन। अमेरिकाले गाजामा यस लक्ष्यहिन युद्धका लागि इजरायललाई ठाउँ दिइरहेको छ। यद्यपी, वेस्ट बैंक र पूर्वी जेरुसलेममा बढ्दो हत्या–हिंसासँगै अन्तर्राष्ट्रिय कानुनको गम्भिर उल्लंघन भएकाले इजरायलका लागि बाँकी विश्वको समर्थन तिव्र रुपमा कम भइरहेको छ।

राजनीति र दृष्टीकोण
तर आफुलाई अझै समय चाहिन्छ भन्नेमा नेतान्याहु स्पष्ट छन्। नेतान्याहुले माग गरिरहेको यो समय हमासलाई हराउनभन्दा पनि उनको राजनीतिक व्यक्तित्व प्रवद्र्धन गर्नका लागि हो भन्ने धेरैको दृष्टीकोण छ।

अमेरिकालाई थाहा छ कि यसले घरेलु र अन्तर्राष्ट्रिय रुपमा प्रभाव जमाइरहेको छ। तर, हमासलाई हराउने इजरायलको लक्ष्यमा उसको सहमति छ। त्यहीकारण उसको चिन्ता सर्वसाधारणको मृत्यभन्दा पनि आफ्नो विद्यमान दृष्टीकोणमा अडिग रहनेमा छ। बेलायत र जर्मनीका विदेशमन्त्रीहरुले ‘दिर्घकालिन युद्धविराम’ को आव्हान गरेका छन्। फेरि उनीहरु नै भनिरहेका छन्, ‘तत्कालको युद्धविरामले हमासलाई मात्रै समर्थन गर्नेछ।’ तमिलमा एउटा भनाई छ, ‘एउटा खुट्टा किनारामा, अर्को खोलामा।’ पश्चिम एशियामा यस्तै भइरहेको छ।

इरान र उसको मुर्खताको डर
क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण मानिने एउटा राष्ट्र इरानलाई बेवास्ता गरिएको छ। लेबनानमा हमासका शीर्ष नेताको मृत्यु र इरानको केर्मान शहरमा १ सय जनाको ज्यान जानेगरी यसै साता भएको बिस्फोटले क्षेत्रीय शान्तिमा खलल पुर्‍याएको छ। यमनमा इरानको सहयोग पाएका हुथीहरुले रेड सीस्थित जहाजहरुमा ड्रोन आक्रमण गरिरहेका छन्। भारतनजिक रहेको हिन्द महासागरमा पनि यस्तै अवस्था छ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युद्धविराम र हत्या अन्त्यको माग माग गर्न सकिरहेको छैन। अर्थात्, जे गर्नुपर्ने हो, त्यो गर्न सकिरहेको छैन। बरु, मर्न नलागेकाहरुका लागि तत्काल खाद्यान्न र औषधि पु¥याउन सहमति गरेको छ। यो सबै परिस्थितीमा प्यालेस्टिनी राज्य पश्चिम एशियाको घाँटीमा अड्किएको छ। न यसलाई निल्न सकिन्छ, न त ओकल्न।

 –टाइम्स अफ इन्डियाबाट

प्रकाशित: २०८० पुस २९ गते आईतबार ०२:२२
Sanket

टिएस तिरुमुर्ति

लेखक पूर्व कुटनीतिज्ञ हुन्।
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना