काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल र डिजल र मट्टीतेलको मूल्य घटाएको छ।
आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १-१ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर आएकाले मूल्य घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५६ रुपैयाँ पर्नेछ।



