काठमाडौँ- ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मन्दीप लुइँटेल नियुक्त भएका छन्।
माघ १ देखि लागू हुने गरी ४ वर्षका लागि उनी सीइओ नियुक्त भएका हुन्।
सप्तरीको राजविराजका लुइँटेल यसअघि सानिमा क्यापिटलमा इन्भेस्मेन्ट बैंकिङ प्रमुख थिए। उनले सानिमा क्यापिटलमा साढे ६ वर्ष काम गरेका छन्।
भारतको पुनेबाट एमबीए गरेका उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।
उनीसँग भारतको मुम्बईस्थित आईसीआईसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट/स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भइ काम गरेका अनुभव छ। उनी पूँजी बजारबारे विशेष दख्खल राख्छन्।


