काठमाडौँ- चिनियाँ विद्युतीय गाडी चांगनको डिपल एस सेभेनको मूल्य नेपाली बजारमा आउने भएको छ। आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल कम्पनीले गाडीको मूल्य ७० लाख राखेर नेपाली बजारमा ल्याउन लागिएको जानकारी बिहीबार दिएको हो।
९९ किलोवाट मोटरपावर हुने गाडीलाई यही महिना नेपाली बजारमा सार्वजनिक गर्ने तयारी छ। १६० किलोवाटदेखि १९० किलोवाट क्षमताको मोटरमा उपलब्ध गाडी नेपाली बजारमा ल्याउदा भने मोटर पावर घटाएर ल्याइएको हो। गाडीमा २९०० एमएमको ह्विलबेस छ।
यस्तै, ब्याट्री क्षमता डिपल एस सेभेनमा ६६.८ किलोवाट आवर(युनिट) छ। यो गाडी एक पटकको फुल चार्जमा ४३० किलोमिटर कुद्न सक्ने कम्पनीको दाबी छ।
यसले १४.२ किलोवाट आवरमा १०० किलोमिटरको दरमा कुद्न सक्ने विशेषता छ। यसको टप स्पिड १८० किलोमिटर छ। एस सेभेन ४.७५ मिटरको लम्बाइमा नेपाल आउनेछ।


