काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी टिभीमा आफूले सेयरको अपेक्षा गरेको तर लेनदेनको काम नगरेको दाबी गरेका छन्।
सोमबार पत्रकार सम्मेलनमार्फत उनले निरन्तर आफूमाथि प्रहार गर्दै जबरजस्त सहकारी ठग बनाउन खोजिएको आरोप लगाएका हुन्।
लामिछानेले गोर्खा मिडियाको १५ प्रतिशत शेयर विक्री गरेबापत एक करोड ८० लाख नलिएको र आफ्नो खातामा पैसा नआएको दाबी गरेका हुन्।
‘प्राइम बैङ्कबाट मेरो खातामा एक करोड ८० लाख हालिएको तर चेक क्लियरिङमा पठाउँदा आवश्यक बचत नभएकाले सो चेक फिर्ता भएको बैंकले खुलाएको छ,’ लामिछानेले भने।
आफ्नो खातामा रकम जम्मा नभएको जिकिर गरेका लामिछानेले सेयर जहाँबाट लिएको हो, त्यहीँ छाडेर हिँडेकोसमेत उल्लेख गरे।


