काठमाडौँ- नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई बुधबार नियन्त्रणमा लिएको हो।
२०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो।
२०८० वैशाखमा विकल पौडेलसहितविरुद्ध करिब ७० करोड रुपैयाँ मागदाबीसहित अख्तियारले दायर गरेको थियो। मुद्दा दायरपछि दुवै जना निलम्बनमा परेका थिए।
शान्तिनगर र मण्डिखाटारस्थित दुवै जनाको निवासमा अख्तियार टोलीले छापासमेत मारेको थियो।


