काठमाडौँ- राजस्व अनुसन्धान विभागले पहिलो पटक क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
ललितपुर जिल्ला अदालतमा करिब ४२ करोड रुपैयाँको जरिमाना र ३ वर्ष जेल सजाय मागसहित दुई जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
झापाका रोहन चौधरी र शुभमकुमार यादवविरुद्ध पाँच महिनाको लामो अनुसन्धान पश्चात मुद्दा दायर गरिएको विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीले जानकारी दिए।
राष्ट्र बैंकले क्रिप्टोको कारोबारलाई २०७४ सालमै अवैध मान्दै आएको छ।
त्यसैले क्रिप्टोकरेन्सीको कारोबारलाई आर्थिक अपराध मानिँदै आएको छ।
शुभमकुमारले कारोबारको रकम राख्न र झिक्न रोहनको बैंक खाता प्रयोग गरेको खुलेको छ।
नयाँ प्रकृतिको कारोबार भएकाले अनुसन्धानमा लामो समय लागेको अधिकारीको भनाइ छ।


