काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)की अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेकी छन्।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार भेटघाट भएको हो। भेटघाटमा दुईइ देशका हित र आपसी समझदारीसहित विकास निर्माणबारेमा छलफल भएको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ।
भेटघाटमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ र एमाले विदेश विभाग प्रमुख राजन भट्टराईलगायतको उपस्थिति रहेको थियो।
शुक्रबार काठमाडौँ अवतरण गरेकी उपमन्त्री हायानले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी थिइन्।


