काठमाडौँ- नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सर्लाहीको मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरका दुई वटा नक्कली नोट फेला परेको हो।
प्रहरीले नोटसहित सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुनलाई पक्राउ गरेको छ।
उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा विवाद भएको थियो।
उनीहरुबीच विवाद भएपछि प्रहरी विवादस्थलमा पुगेको थियो।
प्रहरीले नक्कली भएको पाइएपछि खान दम्पती पक्राउ परेका हुन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


