काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढाएको हो।
पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य बढाइएको निगले जानकारी दिएको हो।
बुधवार बसेको निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो।
नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने निगमको भनाइ छ।
इन्डियन आयल कर्पोरेसनले बुधबार पठाएको खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले उल्लेख गरेको छ। 


