२०८३ साउन १३ गते बुधबार

वरिष्ठ उपाध्यक्ष चुन्न महासंघ निर्वाचन दोस्रो चरणमा, रामचन्द्रको मत अञ्जनलाई जाने अनुमान

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ३०
fnccci
महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रहेका रामचन्द्र संघई (बीच) चुनावी रेसबाट बाहिरिएका छन्। अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ (बायाँ) र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। वरिष्ठ उपाध्यक्ष बन्न कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था विधानमा छ।

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि पुन: मतदान हुने भएको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका निर्वाचित हुन कम्तीमा ५० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भएकाले कुनै पनि उम्मेदवारले आवश्यक मत पाउन नसकेपछि दोस्रो चरणमा प्रवेश गर्ने भएको हो।

पहिलो चरणको मत परिणाम अनुसार अञ्जन श्रेष्ठले सर्वाधिक ३७.९९ प्रतिशत मत ल्याएका छन्। ३१.४९ प्रतिशत मत ल्याउँदै उमेशलाल श्रेष्ठ दोस्रो र ३०.१९ प्रतिशत मत ल्याएका रामचन्द्र संघई तेस्रो भएका छन्। महासंघको विधानअनुसार अब पहिलो हुने अञ्जन र दोस्रो हुने  उमेशलालबीच पुन: प्रतिस्पर्धा हुनेछ। रामचन्द्र भने चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

महासंघमा जिल्ला नगरतर्फ, वस्तुगत र एसोसिएट गरी तीन क्लस्टरमा मतदान हुने गरेको छ। कूल मतभारमा ३० प्रतिशत भार हुने एसोसिएटमा संघईले धेरै मत ल्याएका छन्। १ हजार ६ सय १२ सदर मतमा रामचन्द्र संघईले ६ सय १३, अञ्जन श्रेष्ठले ५ सय ७३ र उमेशलाल श्रेष्ठले ४ सय २६ मत ल्याएका छन्। एसोसियटसतर्फ संघाईले ११.४ प्रतिशत, अञ्जनको १०.६६ प्रतिशत र उमेशलालले ७.९ प्राप्त गरेका थिए।

अर्को कलस्टर जिल्ला नगरतर्फ कुल १ सय १७ मत खसेकोमा १ सय १४ मत सदर भएको थियो। यसमा अञ्जन श्रेष्ठले ४७ मत ल्याएका थिए। त्यस्तै रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका पाएका छन्।

महासंघको विधाननुसार जिल्लानगरको मतभार सबैभन्दा बढी ५० प्रतिशत हुन्छ। जसमा अञ्जनले २०.६१ प्रतिशत, उमेशले १२.२८ प्रतिशत र संघईको १७.१० प्रतिशत मत प्राप्त गरेका थिए।

त्यस्तै २० प्रतिशत मात्रै मतभार हुने वस्तुगतमा उमेशलालले ६९, अन्जनले ४१ र संघईले १२ मत ल्याएका थिए। वस्तुगततर्फ उमेशलालले सबैभन्दा धेरै ११.३१ प्रतिशत, अञ्जनले ६.७२ प्रतिशत र संघाईले १.६२ प्रतिशत मत प्राप्त गरेका छन्।

वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन तय भएसँगै अञ्जन श्रेष्ठलाई सहज हुने अनुमान गर्न थालिएको छ। संघईलाई गएको कांग्रेसी मत अञ्जनलाई प्राप्त हुने आकलन छ। संघई नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।

प्रकाशित: २०७९ चैत ३० गते बिहिबार ११:५८
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना