पोखरा– नेपाल उद्योग तथा व्यवसायी महासंघको गण्डकी प्रदेशको कार्यक्रमका पानीको बोतलमा एमाले नेता पृथ्वीसुब्बा (पीएस) गुरुङको फोटो राखिएको छ।
शनिबार पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता गुरुङको तस्बिर भएको पानी राखिएको हो।
कार्यक्रममा गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। यस्तै पूर्वअर्थमन्त्री डा युवराज खतिवडा अतिथि थिए।
कार्यक्रममा एमाले सबै संगठित सदस्यलाई बोलाइएको थियो।
यसअघि पनि एमालेका विभिन्न कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर भएका पानीका बोतल राख्ने गरिएका थिए।



