२०८३ कार्तिक २३ गते आईतबार

‘साइकलब्वाई’बाट डेरीमालिक बनेका शिवचरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २०
milk_shanker

कञ्चनपुर- दशकअघि साइकल गुडाउँदै अरूका लागि दूध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताएका थिएनन्।

अरूको डेरीमा दूध बोकेर कामको अनुभव बटुल्दै गएका रानाले परिश्रमको केही कमाइ बचतले डेरी व्यवसाय सञ्चालन गर्न सक्षम बनेको उनको भनाइ छ।

‘दूध बोक्ने काम गर्दा आउने केही रकम बचत गरेको थिएँ’, उनले भने, ‘केही रकम कर्जाका रूपमा लिएर डेरी व्यवसाय सञ्चालन गर्दै आएको छु,’ ६ वर्षअघिदेखि रानाले ४५ लाख लगानी गरी डेरी सञ्चालन गरेका हुन्।

गाउँगाउँबाट दूध संकलन गरेर रानाले दुग्ध विकास संस्थानको धनगढी वितरण आयोजनालाई आपूर्ति गर्दै आएका छन्।

दूध सङ्कलनका लागि उनले संस्थानसँग सम्झौता गरेका छन्। दूध बोक्नका लागि रानाले ६ जना कामदार राखेका छन्। ‘सबै जनाका लागि मोटरसाइकल खरिद गरेको छु। दैनिक एक हजार चार सय लिटर दूध मोटरसाइकलमा क्यान राखेर कामदारले गाउँगाउँ पुगेर सङ्कलन गर्दै आएका छन्’, रानाले भने।

दूध बढी सङ्कलन भएका बेला डेरीसम्म ल्याउनका लागि पिकअप भ्यानको प्रयोग गर्दै आएको उनले बताए। भ्यान आफ्नै स्वामित्वको हो। मोटरसाइकल, भ्यान लगायतका साधन दूध डेरीबाट आएको आम्दानीले खरिद गरेको रानाले जानकारी दिए।

बेरोजगार हुँदा डेढ दशकअघि साइकलमा भारतबाट सामानको ज्याला लिएर झलारी बजारका व्यापारीलाई बिक्री गर्ने गरेको रानाले बताए। ‘भारतबाट सामान ल्याउँदा हुने सास्ती बिर्सी नसक्नु थियो’, उनले भने, ‘सीमा क्षेत्रमा भारतीय र नेपाली प्रहरीले भन्सार काटे-नकाटेकोदेखि अन्य धेरै हैरानी दिन्थे। पछि त्यो काम छोडेर दूध बोक्ने काम थालेको थिएँ।’

आफन्तले दूध बोक्ने काम गर्न भनेपछि त्यही काम थालेको भन्दै पहिलो पटक चार लिटरबाट सुरु गरेको कामले अहिले व्यवसायी बनाएको रानाले बताए।

‘बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो। महिनामा २५ हजार जति कमाइ हुन थाल्यो’, उनले भने, ‘त्यसपछि मोटरसाइकल किनेँ, दूध डेरीमा आपूर्ति गर्न थालेँ। दूध सङ्कलन गर्ने, भण्डारण गर्ने, अन्य क्षेत्रमा आपूर्ति गर्ने कुरा डेरी सञ्चालकबाटै सिकेँ’ रानाले भने, ‘त्यसपछि केही रकम आफूसँगै थियो, केही कर्जा गरेर शान्ति दुग्ध सङ्कलन केन्द्र हुँदै डेरी खोलेँ।’ उनका अनुसार अहिले डेरीमा दैनिक एक हजार चार सय लिटरसम्म दूध सङ्कलन हुने गरेको छ।

महिनामा २७ लाख बराबरको दूधको कारोबार हुने गरेको रानाले जानकारी दिए। ‘सङ्कलन भएको दूधमध्ये आठ सय लिटर दूध संस्थानले खरिद गर्ने गरेको छ। अरू दूध गाउँमै खपत हुन्छ’, उनले भने।

रानाले गाउँबाट दूध प्रतिलिटर ६६ मा खरिद गरी संस्थानलाई त्यतिकै मूल्यमा बिक्री गर्छन्। संस्थानले ट्रान्सफर खर्च (टीएस)बापत प्रतिलिटर रानालाई तीनका दरले भुक्तानी गर्दछ। स्थानीयलाई भने रानाले सङ्कलन भएको दूध प्रतिलिटर ७० मा बिक्री गर्नुहुन्छ। महिनामा खर्च कटाएर रानाको ५० हजार बढी आम्दानी हुने गरेको छ।

कामदारलाई मासिक रूपमा ज्यालाबापत एक लाख २५ हजार खर्च हुने गरेको रानाको भनाइ थियो। दूधकै कारोबार गरेर रानाले गाउँमै पाँच कोठाको पक्की घर बनाएका छन्।

डेरीका लागि तीन वटा डी फ्रिज, एक हजार र पाँच सय लिटर क्षमताका गरी दुई चिलिमभ्याट मेसिन खरिद गरेको उनले बताए। दूधबाट क्रिम निकाल्ने मिल्क सेप्रेटिङ मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो।

‘पूरै परिवारको खर्च दूधको बारोबारबाट धानिएको छ’, रानाले भने, ‘अहिले छोराले व्यवसायमा सहयोग गर्न थालेपछि कमाइ बढ्दै गएको छ।’ दूधको व्यवसायबाट सन्तुष्ट भएको भन्दै उनले डेरीमा दूध सङ्कलन गरी बेच्ने काम मात्रै हुँदै आएकामा भविष्यमा डेरी प्रोडक्ट उत्पादन गरी बजार विस्तार गर्ने सोच रहेको बताए।

‘अरूका लागि साइकलमा दूध बोक्ने मैले डेरी सञ्चालन गरी प्रशस्त आम्दानी गर्छु भन्ने सोचेकै थिएन’, रानाले भने, ‘काम गर्दै गए सफलता आफैँ हात चुम्न आइपुग्यो। अहिले दूधको व्यवसायी भनेर नगरपालिका क्षेत्रमा सबैले चिन्छन्, सम्मान गर्छन्।’ -रासस

प्रकाशित: २०८० माघ २० गते शनिवार ०४:५१
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना