२०८३ कार्तिक २२ गते शनिवार

व्यापारी अरुण चौधरी थप दुई दिन हिरासतमै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २२
arun_chaudhari (6)
अरुण चौधरी

काठमाडौँ-  व्यापारी अरुण चौधरी थप दुई दिन प्रहरी हिरासतमा नै रहने भएका छन्। गत बिहीबार पक्राउ परेका चौधरीलाई काठमाडौँ जिल्ला अदालतले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

यसअघि चौधरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरी आफ्नो नाममा ल्याएको आरोपमा चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

यही प्रकरणमा कारखानाका प्रमुख अजितनारायणसिंह थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन्। उनीहरू तीनै जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। प्रहरीले भने उनीहरूलाई २५ दिन हिरासतमा राखी अनुसन्धान गर्ने पाउनुपर्ने माग गरेको थियो।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा भएको म्याद थपको सुनुवाइका क्रममा प्रहरी/जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीमाथिको अनुसन्धान नसकिएकोले म्याद थपका लागि आदेश माग गरेको थियो।

उक्त माग विरुद्ध चौधरीलगायतका पक्षमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, सतीशकृष्ण खरेल, कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ र गोपाल कृष्ण घिमिरे तथा अधिवक्ताहरु राम घिमिरे, तिल प्रसाद गौतम, मोहना अन्सारी र रमण कुमार कर्णले बहस गरेका थिए। चौधरीलगायतलाई हिरासतमा राख्न नपर्ने उनीहरूको जिकिर थियो।

तर अनुसन्धान बाँकी देखिएकाले चौधरीलगायतलाई हिरासतमा नै राखी अनुसन्धान अगाडि बढाउनु पर्ने ठहर गरेको हो।

यी हुन् अनुसन्धानका बाँकी विषय
(१) तत्कालीन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडको संचालक समितिका पदाधिकारीको विवरण प्राप्त गरी निजहरु उपर अनुसन्धान गर्नु पर्ने।

(२) तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडको शेयर होल्डरहरु उपर अनुसन्धान गर्नु पर्ने।

(३) तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडबाट मालपोत कार्यालयमा खटिएका कर्मचारी उपर अनुसन्धान गर्नु पर्ने।

(४) १० रोपनी जग्गाको हक हस्तान्तरण गर्ने निर्णयमा संलग्न रहेका मालपोत कार्यालयको कर्मचारीहरुको विवरण प्राप्त गरी अनुसन्धान गर्नु पर्ने।

(५) पत्राचार गरिएका विभिन्न निकायहरुवाट (मालपोत कार्यालय, महालेखा परिक्षकको कार्यालय, उद्योग मन्त्रालय, भुमी व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय समेत) जवाफ प्राप्त गर्नु पर्ने।

(६) जग्गाको मुल्य खुलाई मिसिल संलग्न गर्नु पर्ने।

(७) तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडमा कार्यरत रहेका कर्मचारीहरुको घटना विवरण कागज गर्ने।

(८) तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई जग्गा दिने (अधिग्रहण) स्थानीय बासिन्दाहरु बुझी कागज गर्न पर्ने।

(९) मिति २०३७।७।२० को निर्णय अनुसार का.न.पा. वडा नं.२२ (छ) कि.नं.४५,४६,४७,४८,४९ र ५० को जम्मा क्षेत्रफल ९५-६-१-० जग्गा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका नाउँमा अधिग्रहण भै प्रमाणित उल्लेख भएकोमा अधिकरण भन्ने शब्दलाई काटीएको देखिन आएको सो सम्वन्धमा अनुसन्धान गर्नु पर्ने।

 

प्रकाशित: २०८० माघ २२ गते सोमबार ०६:०८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना