२०८३ कार्तिक २१ गते शुक्रबार

चुनावबाट पछि हटे उमेशलाल, अञ्जन बने महासंघको वरिष्ठ उपाध्यक्ष

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ३०
anjan shrestha
महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका अञ्जन श्रेष्ठ। महासंघ विधान अनुसार तीन वर्षपछि उनी स्वतः अध्यक्ष बन्नेछन्।

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेका तीन जनामध्ये दोस्रो बढी मत ल्याएका उमेशलाल श्रेष्ठले अञ्जन श्रेष्ठलाई समर्थन गर्दै चुनावबाट पछि हटेका छन्। अञ्जनलाई समर्थन गर्दै उनले चुनाव नलड्ने घोषणा गरेपछि महासंघमा अञ्जन वरिष्ठ उपाध्यक्षमा स्वतः विजयी भएका हुन्।

पहिलो चरणमा भएको मतदानबाट कुनै पनि उम्मेदावारले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा वरिष्ठ उपाध्यक्ष चयन गर्ने प्रक्रिया अगाडि बढेको थियो। २ बजेबाट मतदान सुरु हुने तयारी पनि गरिएको थियो।

तर सर्वसहमतिका लागि भन्दै निर्वाचनका कार्यक्रम पछाडि सारिएको थियो। अन्तमा उमेशलालले अञ्जनलाई समर्थन गरेपछि अञ्जनलाई विजयी भएको घोषणा गर्ने तयारी थालिएको छ।

पहिलो चरणको मत परिणाम अनुसार अञ्जन श्रेष्ठले सर्वाधिक ३७.९९ प्रतिशत मत ल्याएका थिए। ३१.४९ प्रतिशत मत ल्याउँदै उमेशलाल श्रेष्ठ दोस्रो र ३०.१९ प्रतिशत मत ल्याएका रामचन्द्र संघई तेस्रो बने।

महासंघमा जिल्ला नगरतर्फ, वस्तुगत र एसोसिएट गरी तीन क्लस्टरमा मतदान हुने गरेको छ। कूल मतभारमा ३० प्रतिशत भार हुने एसोसिएटमा संघईले धेरै मत ल्याएका थिए। १ हजार ६ सय १२ सदर मतमा रामचन्द्र संघईले ६ सय १३, अञ्जन श्रेष्ठले ५ सय ७३ र उमेशलाल श्रेष्ठले ४ सय २६ मत ल्याएका थिए। एसोसियटसतर्फ संघाईले ११.४ प्रतिशत, अञ्जनको १०.६६ प्रतिशत र उमेशलालले ७.९ प्राप्त गरेका थिए।

अर्को कलस्टर जिल्ला नगरतर्फ कुल १ सय १७ मत खसेकोमा १ सय १४ मत सदर भएको थियो। यसमा अञ्जन श्रेष्ठले ४७ मत ल्याएका थिए। त्यस्तै रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका पाए।

महासंघको विधाननुसार जिल्लानगरको मतभार सबैभन्दा बढी ५० प्रतिशत हुन्छ। जसमा अञ्जनले २०.६१ प्रतिशत, उमेशले १२.२८ प्रतिशत र संघईको १७.१० प्रतिशत मत प्राप्त गरेका थिए।

त्यस्तै २० प्रतिशत मात्रै मतभार हुने वस्तुगतमा उमेशलालले ६९, अन्जनले ४१ र संघईले १२ मत ल्याएका थिए। वस्तुगततर्फ उमेशलालले सबैभन्दा धेरै ११.३१ प्रतिशत, अञ्जनले ६.७२ प्रतिशत र संघाईले १.६२ प्रतिशत मत प्राप्त गरे।

उपाध्यक्षमा ज्योत्स्ना, ढकाल र वैद्य विजयी
महासंघ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ, सुरकृष्ण वैद्य र हेमराज ढकाल विजयी भएका छन्। जिल्ला/गनरबाट रामचन्द्र संघई प्यानलबाट उपाध्यक्ष बनेका सुरकृष्ण वैद्य निर्वाचित भएका हुन्।

जिल्ला/नगरको तर्फको कुल ११७ मतमध्ये वैद्यले ४३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी अरुणराज सुमार्गीले ३७ मत प्राप्त गरे भने अर्का प्रत्यासी दिनेश श्रेष्ठले ३४ मत ल्याए। अञ्जन श्रेष्ठको प्यानलबाट अरुणराज सुमार्गी र उमेशलाल श्रेष्ठको टीमबाट दिनेश श्रेष्ठ उपाध्यक्ष पदको उम्मेदवार बनेका थिए।

वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भए। वस्तुगततर्फ १२३ मत खस्दा ढकालले ६१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५२ मत ल्याउँदा अर्का उम्मेदवार शकुन्तलाल हिराचनले ७ मत पाए। ढकाल उमेशलाल प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए। मनिषलाल अञ्जनको टिमबाट र हिराचन संघई प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षको आकांक्षी थिए।

यस्तैगरी एसोसियट्सतर्फ विजयी ज्योत्स्ना श्रेष्ठले भरत आचार्यलाई पराजित गरिन्। उनले ८३८ मत ल्याइन्। उनका निकटतम प्रतिस्पर्धी भरत आचार्यले ७८८ मत पाए। ज्योत्स्ना सुरुमा अञ्जन श्रेष्ठको टीमबाट एसोसियट्सतर्फको उपाध्यक्ष बन्ने घोषणा गरे पनि अन्तिम समयमा आएर रामचन्द्र संघईको टीममा पुगेकी थिइन्।

भरत आचार्य भने अञ्जन श्रेष्ठ र उमेशलाल प्रधानका साझा उम्मेदवार हुँदा पनि पराजित बने। ज्योत्स्ना संघई टिममा गएपछि अञ्जनको टीमबाट प्रबलजंग पाण्डे चुनावी प्रतिपर्धामा उत्रिने तयारी गरेका थिए। तर अन्तिम समयमा आएर आचार्यको नाममा सहमति भएको थियो। आचार्य र पाण्डे दुवै व्यावसायिक साझेदार एवम् मिल्ने साथी भएकाले आचार्यको नाममा पाण्डेले सहमति जनाएका थिए।

केहीबेर अघि सार्वजनिक गणनाअनुसार एसासिएटबाट कार्य समिति सदस्यहरुमा अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्द बगरिया, उज्वलकुमार श्रेष्ठ, गोपाल खनाल, रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, मनोज पौडेल, राजेशकुमार अग्रवाल, सुशील थापा, शैलेन्द्र गुरागाई, सुनिलनारायण श्रेष्ठ, शक्तिकुमार बेगानी, सन्दिपकुमार अग्रवाल, जुना माथेमा र हेमन्त गोल्छा निर्वाचित भएका छन्।

जिल्लानगरबाट मोहनप्रसाद श्रेष्ठ, प्रयास कार्की, अमरेश चन्द्र बैदार, तारा बहादुर कार्की, नवीन रिजाल, कल्पना गैरे, उमेश डालमिया, बेदबहादुर श्रेष्ठ, मन्जु कुमार श्रेष्ठ कोजु, अब्दुल वाहिद मन्सुरी, किशोरकुमार आचार्य, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, पुष्पराज कुँवर, अनिल कृष्ण श्रेष्ठ, गोकुल श्रेष्ठ र निरक केसी निर्वाचित भएका छन्।

जिल्लानगरमा उमेशलाल श्रेष्ठको वर्चस्व देखिएको छ। उमेशलाल प्यानलबाट निरक केसी, अब्दुल वाहिद मन्सुरी,कल्पना गैरे,किशोरकुमार आचार्य,गोकुल श्रेष्ठ, मन्जुकुमार श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, तारा बहादुर कार्की,उमेश डालमिया, प्रयास कार्की निर्वाचित भएका छन् भने अन्जन श्रेष्ठ प्यानलबाट नवीन रिजाल, प्रयास कार्की, अमरेश चन्द्र बैदार,पुष्पराज कुँवर, अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटुवाल र बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन्।

वस्तुगत तर्फको कार्यकारिणी समितिमा ८ जना कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठको प्यानलबाट निर्वाचित भएका छन् भने अन्जन श्रेष्ठको टिमबाट ६ जना सदस्य निर्वाचित भएका छन्। उमेशलाल प्यानलबाट कमला श्रेष्ठ, डा. सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान र हरिबहादुर कार्की निर्वाचित भएका छन्।

अन्जनको प्यानलबाट अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की “राजु”, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली निर्वाचित भएका छन्।

प्रकाशित: २०७९ चैत ३० गते बिहिबार ०५:१२
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना