२०८३ साउन १३ गते बुधबार

सोनाम ल्होछार र यसको पृष्ठभूमि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २७
gfftg
काठमाडौँ- प्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो। जहाँ नागहरु बस्दथे। एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आए र दहमा चैत्र पूर्णिमाको दिन कमलको बीज छरे। सोही बीजबाट कमलको फूल फूल्यो र आश्विन शुक्ल पूर्णिमाको दिन सोही फूलमाथि श्रीस्वयम्भू ज्योतिरुप उत्पन्न भयो। त्यही ज्योतिरुपबाट निःसृत पञ्चरङ्गी किरणमा पञ्चबुद्ध प्रकट भए।
यसपछि विश्वभू बुद्ध आएर स्वयम्भू ज्योतिको दर्शन गरे। उनले नै त्यस नाग दहको जल बाहिर निकाल्न सकिने बाटो बताए। साथै, यहाँ चाँडै मानव सभ्यता र संस्कृतिको विकास हुने घोषणा गरेर फर्के। यसैगरी महाचीनबाट आफ्ना शिष्यसहित महामञ्जुश्री आएर कात्तिक शुक्ल पूर्णिमाको दिन स्वयम्भू ज्योतिको दर्शन गरे।
दहको पानी निकालिए पनि नागहरु यहाँ बसुन् भनी टौदह, धनदह र द्वासा तीर्थको सिर्जना गरे। अनि उनले उपत्यकामा मञ्जुपत्तन नामक सहर बसाई धर्मकरलाई राजा बनाई दिए। मञ्जुश्रीले नै यसपछि बनेको नेपाल खाल्डोमा मानव सभ्यता र बौद्ध संस्कृतिको स्थापना गर्नुभयो भन्ने कुरा स्वयम्भू पुराणमा उल्लेख गरिएका छन्।
जातीय अवधारणा
यही पृष्ठभूमि उल्लेख गर्दै बौद्ध धर्मावलम्बी तामाङ समुदायले आफूलाई बोधिमहासत्व मञ्जुश्रीसँगै उपत्यकामा आएका शिष्यहरुका सन्तान हौँ, उपत्यकाका आदिवासी हौँ भन्ने दाबी गर्ने गरेका छन्। त्यसैले यिनीहरु आफ्ना गुरु र पूर्खा महामञ्जुश्रीको स्मरण गर्दै हरेक वर्षको माघ शुक्ल प्रतिपदाको दिन आफ्नो घर आँगन, गुम्बाका साथै पहाड पर्वतका थुम्काका मञ्जुश्रीको प्रतीक खडग/राल्ठीको गजुर राखी धार्मिक भण्डा (लुङदर) ठड्याएर वसन्त उत्सव आरम्भ भएको उपलक्ष्यमा नववर्षअर्थात् ल्होछार सुरु भएको घोषणा गर्दछन्।
 तामाङ समुदायले मान्ने गरेको यसपटकको ल्होछार (नयाँ वर्ष) मञ्जुश्री सम्वत् २८६०, पञ्च तत्वगत स्वभाव काठ र वर्ष गरुढ/ड्रयागन/मुपुख्री पर्न गएको छ।
वर्ष (वर्ग) परिचय र महत्व
तामाङ समुदायले मनाउने वर्षहरुले १२ वटा पशुपन्छीको प्रतिनिधित्व गरेका पाइन्छन्। तिनमा क्रमशः मुसा, गोरु, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेँडा, बाँदर, चरा, कुकुर र सँगुर पर्दछन्।
उल्लेखित १२ पशुपन्छीका प्रतीकस्वरुप रहेका वर्ग/वर्षहरुको प्रतीकात्मक र पञ्च तत्वगत आगो, माटो, धातु, पानी र काठ स्वभाव हुने गर्दछन्। यिनै दुवै आधारलाई लिएर उनीहरु आफ्नो वर्ष गणना, स्वभावको अड्कल, संस्कार सम्पन्न र नव कार्यहरुको थालनी गर्दा धर्मगुरु वा लामा पुरोहितसित सरसल्लाह गर्ने गर्दछन्। यसो गर्दा उनीहरु चिनीया प्राचीन ज्योतिष पद्धतिको चन्द्र पात्रोको अवलम्बन गर्ने प्रचलन रहेको छ। यसका अतिरिक्त १२ पशुपन्छीहरुको वर्ग/वर्ष र पञ्च तत्वगत स्वभावहरु मिलाउँदा मित्र वर्ग भए राम्रो हुने र शत्रु वर्ग भए नराम्रो हुने तामाङ समुदायको धार्मिक मान्यता रहेको पाइन्छ।
जब भगवान् बुद्ध स्वर्ग फर्कने बेला नजिक आयो । तब उनले सबै पशुपन्छीलाई आफूले पृथ्वी छोड्न पूर्व बोलाए। भनिन्छ, त्यतिखेर उनलाई बिदाइ गर्न केवल १२ वटा पशुपन्छी आइपुगे। उनलाई भेट गर्न एकपछि अर्को गरी क्रमशः आउने पशुपन्छीकै नामबाट उनले वर्षको नामकरण गरिदिए। जुनजुन पशुपंक्षी वर्षहरुमा जुनजुन मानिसको जन्म हुन्छ, तिनै मानिसको चरित्र, व्यवहार, स्वभाव, गुण र जीवनशैली रहोस् भनेर पनि भगवान् बुद्धले आर्शिवाद पनि दिए।
यसै अवधारणाअनुसार ल्होछारअर्थात् नयाँ वर्ष मनाउने परम्परा बौद्ध सभ्यता भएका नेपाल, चीन, जापान, कोरिया, लावोस, भियतनाम, बर्मा, थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, मङ्गोलिया, तिब्बत, हङकङ, भुटान, फिलिपिन्स र भारतलगायत देशमा पशुपन्छीलाई समेत सम्मानित गरी सोनामअर्थात् कृषकको नयाँ वर्ष मनाउने प्रचलन रहेको छ।
ल्होछारको प्रारम्भ
तामाङ समुदाय परम्परागत रुपमा सौर्य पात्रोअनुसार माघे सङ्क्रान्तिदेखि नै नववर्ष फेरिएको अर्थात् ल्हो धोबा भनेर पर्व मनाउन थाल्दछन्। उनीहरु पुसको अन्तिम दिनको साँझपख कन्दमुल र फापरको रोटी उसिन्ने गर्दछन्। सङ्क्रान्तिको दिन उनीहरुका घरमूली वा महिला पानी पँधेरो रहेको ठाउँमा गएर नुहाई, पाठपूजा गरी, चोखो पानी ल्याएर कुलदेवता र भगवान् बुद्धलाई चढाउने गर्दछन्।
यसपछि स–परिवारले आफ्नो कुलदेवता र भगवान बुद्ध, पद्यसम्भव, महामञ्जुश्रीलगायतका बोधिसत्वलाई ढोग गर्दछन्। अनि परिवारका प्रत्येक सदस्यले ढोग थापी टीका लगाएर आर्शिवाद (मोलम) लिने गर्दछन्। यसपछि विशेष रुपमा तयार पारिएका कन्दमुल र आलुजस्ता खाद्यपदार्थ एकै ठाउँमा बसी खाने गर्दछन् । त्यसपछि गाउँघरमा रहेका अन्य मान्यवर कहाँ गएर ढोग गरी आशीर्वाद लिने गर्दछन्।
बालबालिका घरदैलोमा पुगी ‘आलुम पउ माम, गेङ पउ माम÷पानी रोटी–बाबर रोटी दिनुस बज्यै’ भन्दै माग्ने, दिएपछि ढोग गर्ने र आर्शिवाद लिने गर्दछन्। त्यही साँझ कुलायन भाइ, छोरी ज्वाइँहरुसँगै बसेर जाँडरक्सी र अन्य परिकार सँगै खानपिन गर्दछन्। खानपिनपछि भने डम्फु बजाएर दुःखसुखका सेलो गीत गाउँछन्।  डम्फु, म्हेन्दोमाया, घोडा, भाक्पा, लामा र स्याब्रुलगायतका नृत्य पनि गर्ने प्रचलन छ। यसरी कुल कुटुम्बलाई बोलाएर अनिवार्य रुपमा खुवाउने कार्यक्रम तामाङमा माघ महिनाभर चल्दछन्।
शुक्ल प्रतिपदा धार्मिक ल्होछार
चिनियाँ ज्योतिष पद्धति र चन्द्र पात्रोअनुसार तिथिगत रुपमा तामाङ समुदाय माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष फेरिएको मान्दछन्। यस दिन यिनीहरु आ–आफ्ना गाउँमा रहेको घ्याङ/गुम्बामा भेला हुन्छन्। भगवान् बुद्ध र उनका शीर्ष अनुयायी अवलोकेश्वर, पद्मसम्भव, बज्रसत्व, मञ्जुश्रीलगायतका स्मरण र पूजन गर्दछन्। आफ्ना पुरोहित लामाबाट दीप प्रज्वलित गर्दै मानव र विश्व शान्तिको कामना गर्दै नववर्षले सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने वरदान नयाँ वर्ष फेरिएको प्रतीकको रुपमा धार्मिक झण्डा ‘लुङ्दर’ ‘ध्वजा’ राखी चम्पा पीठो आकाशतर्फ उडाउने प्रचलन पनि रहेको छ।
यसरी धार्मिक ध्वजा उभ्याउँदा लामा पुरोहित र उपस्थित मान्यजनले ‘चम्पा’को पीठो तीन पटक आकाशतर्फ उडाउने गर्दछन्। यसरी उडाउँदा उनीहरु ‘राक्षसहरुको अन्त्य होस्’ देवताहरुको विजय होस्, अनिकाल हटोस्, सहकाल आओस्, दुःख, दशा, रोग, अशान्ति नहोस्, सुख शान्ति र दीर्घायु रहोस् भन्ने बौद्ध वेदअनुसार मन्त्रोच्चारण गर्दछन्।
प्राचीनकालमै यसरी नेपाल उपत्यकामा महाचीनबाट प्रवेश गरेको बौद्ध धर्मावलम्बी तामाङ समुदायले आफ्नो धार्मिक एवं सांस्कृतिक चाडको रुपमा नयाँ वर्षलाई भव्यताका साथ लिच्छवीकालसम्म मनाउने गरेका भए पनि मल्ल र शाहकालमा एकछत्र रुपमा हिन्दू धर्मले राज्यगत मान्यता र संरक्षण पाउँदा यसको अवस्था लोपोन्मुख भएको हो।
विसं २०४६ मा मुलुकमा प्रजातन्त्र पुर्नवहालीसँगै तामाङ संस्थाहरुले पनि यस चाडलाई पुनः ब्युँत्याए र विभिन्न कार्यक्रम गरी मनाउन थाले थिए। २०५१ सालदेखि राज्यले तामाङ ल्होछारलाई मान्यता दिँदै सार्वजनिक बिदा दिन सुरु गरेपछि यसको महत्व र प्रचलन व्यापक हुँदै आएको देखिन्छ। तामाङ जातिको माउ संस्था नेपाल तामाङ घेदुङ सङ्घले हरेक वर्ष राजधानीको टुँडिखेलमा भव्यरुपमा नव वर्षअर्थात् ल्होछार पर्वको उपलक्ष्यमा बृहत्त कार्यक्रम मनाउँदै आइरहेको छ।
तामाङ जाति नेपालको मध्यपहाडी क्षेत्रमा आदिमकालदेखि बसोबास गर्ने मुलवासी हुन्। तामाङ जाति मुलरूपमा काठमाडौँ उपत्यका लगायत वरिपरिका जिल्ला सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन। तर, बसाइँसराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्ला र भारतको पश्चिम बङ्गालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्यान्ड, मणिपुर, अरुणाचल लगायत भुटानसम्म फैलिएका छन । मातृभाषा तामाङ बोलिने यी जातिमा १२ तामाङ र १८ भन्दा बढी उपथर रहेका छन्। तामाङ समुदायको भाषा भोट बर्मेली परिवारभित्र पर्दछ। नेपालमा तामाङ जातिको जनसङ्ख्या २०७८ सालको जनगणनाअनुसार १६ लाख ३९ हजार ५० अर्थात् ५।६२ प्रतिशत रहेको पाइन्छ।
                                                                                              (लेखक रवीन्द्र तामाङ संस्कृति र इतिहासका अनुसन्धाता हुन्।)
प्रकाशित: २०८० माघ २७ गते शनिवार ०८:५४
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना