२०८३ कार्तिक २२ गते शनिवार

गुरुङ संस्कृतिले धानेको लमजुङे पर्यटन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ४
lamjung

लमजुङ- लमजुङ गुरुङ जातिको उद्गमस्थल हो। पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन्।

एकै ठाउँमा सँगै भएर बस्न रुचाउने गुरुङ समुदायबीच एकता पनि छ। पहिले रोदी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, बाबा समूह, युवा क्लब भएर पर्यटन पवर्द्धनमार्फत गाउँको विकासमा जुटेका छन्।

क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एशियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्छन्। यति मात्र नभई गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथरमै पर्छ। ती गाउँबाट सुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँगाउँमा फैलिएको छ।

समूहमार्फत सुरु भएको एकता अभियान पछिल्लो समयमा पर्यटन प्रवद्र्धनमा पनि जोडिएको छ। यसका लागि उनीहरु समिति नै स्थापना गर्दै अघि बढिरहेका छन्। मुलुकको कठिन परिस्थिति बाबजुत पनि लमजुङको घलेगाउँबाट ग्रामीण पर्यटनको सुरुआत भएको थियो।

विसं २०५७ मा घलेगाउँमा पहिलो पटक महोत्सवको सुरुआत गर्दै सोही वर्षबाट अघि बढेको होमस्टे कार्यक्रम सञ्चालनमा आएको छ। घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटनको अवधारणा पछिल्लो समयमा अन्य समुदायका गाउँमा समेत फैलिएको छ।

घलेगाउँसहित भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, छापामिम्प्रा, भुस्मे, घेर्मुलगायतका गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ। ती गाउँका स्थानीय पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक तान्न जुर्मुराएका छन्।

विषेश गरी लमजुङ, डा हर्क पिक, मनास्लु हिमाललाई छर्लङ्ग देख्न तथा नियाल्न सकिने ठाउँ रहेकाले त्यहाँबाट मस्र्याङ्दी मिदिम, खुदीलगायतका नदीनाला पनि देखिन्छ।

विश्वप्रख्यात चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइसकेका छन्। ग्रामीण पर्यटनको अवधारणा पनि गुरुङहरुबाटै सुरु भएको हो। घलेगाउँ सार्क राष्ट्रकै नमूना गाउँका रुपमा प्रख्यात छ। जुन समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा अवस्थित छ।

घलेगाउँमा एक सय २५ घरधुरी छन्। उनीहरुले विसं २०५६ मा ग्रामीण पर्यटनको अवधारण भित्र्याएर विसं २०५७ बाट महोत्सव मनाउन सुरु गरेका हुन्। जिल्लाकै सबैभन्दा धेरै पर्यटक आउने यहाँ विदेशी तथा आन्तरिक पर्यटकको चाप छ।

ग्रामीण पर्यटनबाटै स्थानीयले वार्षिक लाखौँ कमाउने गरेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए।

पर्यटन क्षेत्रबाट राम्रो आम्दानी हुँदा घलेगाउँको स्वरुपसमेत बदलिएको छ। घलेगाउँमा यतिबेला ४४ घरमा घरबास (होमस्टे) सेवा सञ्चालन छ। पर्यटन व्यवसाय विस्तारै सफल बन्दै गएपछि केही विदेशीका युवासमेत गाउँमै फर्किएका पर्यटन व्यवसायमा लागेका छन्।

यहाँ सुरुवातदेखि हालसम्म वर्षेनी जस्तै महोत्सवसमेत हुँदै आएको छ। घलेगाउँ गुरुङ चलचित्रको छायाँकनस्थल समेत बनेको छ। घलेगाउँ सुखी गाउँसमेत घोषणा भइसकेको छ। त्यस्तै, क्व्होलासोथर गाउँपालिका–४ भुजुङ गाउँमा करिब पाँच सय घरधुरी गुचमुच्च भएर रहेका छन्।

भुजुङ गाउँमा विसं २०६४ बाट घरबास सञ्चालनमा आएको हो। अहिले ३२ घरवास सञ्चालनमा छन्। त्यस्तै केही होटलसमेत सञ्चालनमा छन्।

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ समय समयमा यहाँ मेला तथा महोत्सव हुँदै आएका छन्। महोत्सव र पर्वले यहाँको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्दै आएको छ। भुजुङ गाउँबाट छिमेकी जिल्ला कास्कीका गुरुङ गाउँ सिक्लेस तथा ताङतिङ पनि जान सकिन्छ।

यस्तै, मर्स्याङ्दी गाउँपालिका–३ सिउरुङ गाउँ मनास्लु हिमालको काखमा अवस्थित छ। यहाँबाट मर्स्याङ्दी नदीको नागबेली देख्न सकिन्छ।

समुद्री सतहदेखि एक हजार छ सय ८० मिटर उचाइमा रहेको भुजुङमा आमा समूह, बाबा समूहलगायत स्थानीय निकै सक्रिय छन्। पर्यटन प्रवद्र्धनका लागि विसं २०६२ यता महोत्सव गर्दै आएको छ। यस गाउँ पनि घरवास कार्यक्रम सञ्चालनमा छ।

त्यस्तै, सिउरुङ नजिकै राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको हर्षिङडाँडा पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै गएको छ। घनपोखा गाउँ, खासुर गाउँमा समेत ग्रामीण पर्यटन प्रवर्द्धनको अवधारणा भित्रिएको छ।

त्यस्तै, ग्रामीण पर्यटनले चिनिएको गाउँ हो, पसगाउँ। गुरुङ समुदायको बाहुल्यता रहेको यहाँ ग्रामीण पर्यटनको विस्तार गर्ने उद्देश्यले विसं २०६० मा पहिलो पटक महोत्सव आयोजना गरिएको थियो।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष तथा पसगाउँ सामूहिक होमस्टे समितिको नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद गुरुङ लमजुङमा ग्रामीण पर्यटन अवधारण भित्र्याउन गुरुङ समुदायको ठूलो भूमिका रहेको र त्यसमाथि सबैभन्दा बढी क्व्होलासोथर गाउँपालिकाका स्थानीयको योगदान रहेको बताए। ग्रामीण पर्यटनमा सबैभन्दा बढी होमस्टे रहेको र यसबाट समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ।

पालिकाले पर्यटक आकर्षित गर्न पर्यटन पूर्वाधार पार्क, संरचना निर्माणदेखि पर्यटकको बसाइ लम्ब्याउने विषयमा ध्यान केन्द्रित गरेको छ। हाल पसगाउँमा २१ घरमा होमस्टे सञ्चालन छ।

कृष्णचरित्र नृत्य, झ्याउरे नाच, सारङ्गी नृत्य, घाटुजस्ता लोपोन्मुख नृत्यका लागि पसगाउँ परिचित छ। लमजुङको पर्यटकीय ठाउँमा विस्तारै पर्यटन पूर्वाधारको विकास भइरहेको छ।

विषेश गरी प्राकृतिको छटा र स्थानीयको कला संस्कार संस्कृति हेर्न पर्यटक आउने गरेका छन्। पर्यटक आउँदा ग्रामीण पर्यटनको प्रवर्द्धन हुनुका साथै स्थानीयको जीवनस्तरसमेत उकासिएको छ।

प्रकाशित: २०८० फाल्गुण ४ गते शुक्रबार ०२:५३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना