२०८३ साउन १३ गते बुधबार

चुनावी खर्च बढ्दा महिलालाई सकस !

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

पोखरा, फाल्गुण ४
Loktantra Ma Mahila

पोखरा- २०४८ सालको निर्वाचनमा संसदमा ७ जना महिला सांसद थिए। ०७९ सम्म आइपुग्दा उक्त संख्या केवल ९ जना पुगेको छ। अर्थात् प्रजातन्त्र प्राप्तिका यो ३ दशकको बीचमा संसदमा केवल २ जना महिलाको संख्या मात्रै बढेको छ।

यसले पनि नेपाली राजनीतिमा महिला उपस्थिति विकासको धीमा गतिको चित्रण प्रष्ट पार्छ।

राजनीतिमा महिलाको संख्या कम हुनु सामाजिक, सांस्कृतिक पाटोमात्रै नभएर आर्थिक कारण पनि भएको पोखरामा पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक बहसका वक्ताहरुले बताएका छन्।

समा थापाले सहजीकरण गरेको उक्त सत्रमा विद्या भट्टराई, मानुषी यमी भट्टराई, महालक्ष्मी उपाध्याय डिना र शोभा ज्ञवालीले चर्चा गरेका थिए।

बहसमा गत निर्वाचनमा काठमाडौं ७ बाट पराजित भएकी मानुषी यमी भट्टराईले हारपछि राजनीतिमा अर्थको कतिको चलखेल हुने रहेछ भन्ने नजिकबाट अनुभव लिन पाएको दाबी गरिन्।

‘६५ सालमा विद्यार्थी राजीतिमा चुनाव लडेकी थिएँ। त्यतिबेला यस्तो थिएन। मैले पढेको, अनुभवमा सुनेको भन्दा आफैंले प्रत्यक्ष भोग्दा निकै भयंकर रहेछ यो पैसाको प्रभाव’, यमीले भनिन्, ‘उम्मेदवार को हुन पाउने भन्ने विषयमा नै ठूलो चलखेल हुँदो रहेछ। गठबन्धनको उम्मेदवार हुँदै गर्दा पनि आर्थिक पक्ष ठूलो चुनौती छ।’

नआफूले चुनावअघि हिसाब गर्दा पनि ‘त्यति ठूलो खर्च’ गर्नुनपर्ने हिसाब ननिस्किएको यमीको अनुभव छ। ‘काठमाडौंजस्तो ठाउँ, मध्यवर्गीको बाहुल्य भएको ठाउँ। सामाजिक सञ्जालको प्रभाव राम्रो, शिक्षित भएको ठाउँ भनेको थिएँ’, यमीले भनिन्, ‘तर, रातारात आर्थिक हिसाबले माग गर्ने, आश गर्ने एकदम वृद्धि भयो।’

पोखरामा जारी ११ औं संस्करणमा भएको ‘लोकतन्त्रमा महिला र खर्च’ विषयक सत्रमा यमीले निर्वाचनका बेला गर्नुपर्ने खर्चको सकस खुलाएकी हुन्। सत्र सहजकर्ता समा थापाले सोधेका प्रश्नको जवाफ दिँदै वक्ताहरुले बढ्दो चुनावी खर्चले महिलालाई खुला राजनीतिमा आउनमात्रै नभएर चुनावमा पनि ‘लगाम’ लगाइरहेको बताए।

सत्रकी वक्ता सांसद विद्या भट्टराईले आफूले भने निर्वाचनमा खर्च गर्नु नपरेको बताइन्। २ पटक प्रतिनिधि सभा निर्वाचन जितेकी उनले आफ्ना लागि पार्टीले नै सम्पूर्ण खर्च गरिदिएको दाबी गरिन्। ‘मैले सुरुमै यो कुरामा मैले खर्च गर्न सक्दिनँ भनेर भनेकी थिएँ। त्यसपछि सबै खर्च पार्टीले नै गरिदिएको हो। आफू सम्मिलित भएर कुनै खर्च गरिनँ’, उनले भनिन्।

सांसद भट्टराईले सांसदको अधिकार, भूमिकाबारे मतदातालाई बुझाउन सकियो भने खर्च तथा अपेक्षामा पनि परिवर्तन आउने बताउँछिन्। राजनीतिमा महिला सहभागिता र समावेशिताका लागि समाजको दृष्टिकोण नै परिवर्तन हुनुपर्ने उनको भनाइ छ।

‘हामीलाई धैर्यता भनेकै महिलाको हो भन्ने सिकाइयो, महिलाको परिचय हो भन्ने सिकाइयो। धैर्य देखाउँदा महिलाको क्यारेक्टर प्रर्दशन हुन्छ भन्ने बनाइयो’, भट्टराईले भनिन्, ‘नेतृत्व तह, निर्णायक तहमा महिला थोरै छन् भन्ने एउटा तर्क रहला। तर, राजनीतिलाई समावेशी लोकतन्त्रको कुरा गर्छौं भने पुरुष नेतृत्वले पनि सोच्नुपर्ने होला नि ?’

नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना राजनीतिमा महिलाको उपस्थितिका विषयमा पार्टीमात्रै नभएर समाजकै दृष्टिकोण अनुदार रहेको बताउँछिन्। उनले निर्वाचनमा महिलाको उपस्थिति ३३ प्रतिशत बनाए पनि त्यसलाई समानुपातिकबाट ल्याउने अस्त्रका रुपमा मात्रै हेरिएको उनको भनाइ छ।

‘समानुपातिकमा ५० प्रतिशत सुनिश्चितता खोज्यौं। तर, प्रत्यक्षमा महिलाहरुको सुनिश्चितता गरेनौं’, उपाध्यायले भनिन्, ‘त्यही कारणले पनि अहिले समानुपातिक महिलाका लागि मात्रै हो भन्ने भाष्य बन्यो। प्रत्यक्ष पुरुषका लागि भन्ने मानसिकता भयो।’

उपाध्यायले पछिल्लो समय चुनावी खर्च महंगो हुँदै गए पनि त्यो रकम वास्तविक मतदाता समक्ष नपुग्ने दाबी गरिन्। ‘हिजो विचौलिया थिएनन्, अहिले बिचौलिया आए। विचौलिया पनि आन्तरिक रुपमै छन्’, उनले भनिन्, ‘त्यो मतदाताले च्या खुवा भनेका होइनन्, विचौलियाको संख्या बढेको हो।’

खर्च सीमाबारे विषयमा निर्वाचन आयोगले नै मापदण्ड बनाए पनि लागू हुन नसकेको उपाध्यायको भनाइ छ। पहिले अनावश्यक रुपमा हुने खर्च सीमा घटाए पनि अहिले झन् नगदमै कारोबार हुन थालेको दाबी उनको थियो।

‘पहिले टोपी, टिसर्टलगायतमा बढी खर्च हुन्थ्यो। त्यसमा रोक लगाइसकेपछि अहिले क्यासमा चल्न थालेको छ’, उनले भनिन् ‘यस्तो कन्सल्टेन्सी जन्मियो कि बार्गेनिङ गरेर मतदातालाई भ्रममा पार्न थाले। उनीहरुले र्पैसा खाएर यो राम्रो, नराम्रो भन्ने प्रचारप्रसार हुने भयो।’

निर्वाचन आयोगले दिने २ दिनको मौन अवधिमा झनै आर्थिक चलखेल हुने भएकाले पूर्ण रुपमा बन्द गर्न उनको सुझाव थियो। महिलाहरु आफ्नो माग राख्न नसकेको भन्ने आरोपको भने उनले खण्डन गरिन्। ५ प्रतिशतदेखि महिलाको संख्या संसदमा एक तिहाइ पुगिसकेको उनको भनाइ थियो। उनले आजको उपलब्धी पनि महिलाको आवाजले नै प्राप्त भएको उनले बताइन्।

‘यो हामीले बिना माग पाएको होइन। माग गर्न नसकेको, बोल्न नचाहेको भन्ने यो कुरा गलत हो’, उनले भनिन्, ‘तर, हामी सामाजिक सोंच, परम्परा, घरपरिवराको परिवन्धमा बाँधिएका छौं। त्यही सोचले महिला पछाडि परेको देखिन्छ।’

व्यवसायी शोभा ज्ञवालीले राजनीति र व्यवसाय समान दौडका घोडा भएकाले दुवैमा अर्थले फरक पारेको हुन सक्ने बताइन्। ‘देशमा राजनीति राम्रो भयो भने निश्चय नै व्यवसाय राम्रो हुन्छ। व्यवसाय राम्रो भयो भने निश्चय नै राजनीति राम्रो हुन्छ’, उनले भनिन्। पुरुषसत्तात्मक समाजले महिलालाई लगानी गर्नै नचाहँदा व्यवसाय तथा राजनीति दुवैमा महिलाको उपस्थित कम रहेको बताइन्।

प्रकाशित: २०८० फाल्गुण ४ गते शुक्रबार ०६:१३
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना