काठमाडौँ- सरकारले एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखिपठाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिइन् ।
यस्तै सरकारले राष्ट्रिय प्रसारण १२औँ संशोधन नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय पनि भएको शर्माले जानकारी दिइन्।


