२०८३ कार्तिक २१ गते शुक्रबार

राजस्वमा सरकारलाई धक्का, लक्ष्यभन्दा ४२ प्रतिशत कम भन्सार असुली

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३
artha ministry (1)

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिना (साउन देखि चैतसम्म)मा आयात २० प्रतिशतले आयात घट्दा राजस्व संकलन प्रभावित भएको छ। भन्सार विभागको तथ्याङ्कननुसार यस अविधमा कुल २ खर्ब ८५ अर्ब ५८ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।

सरकारले यस अवधिमा ४ खर्ब ९० अर्ब भन्सार संकलन गर्ने लक्ष्य राखेको थियो। सरकारले राखेको लक्ष्यभन्दा करिब २ खर्ब ४ अर्ब रुपैयाँ कम भन्सार राजस्व असुली भएको छ। जुन लक्ष्यको ५८ प्रतिशत मात्र हो।

चैत महिनामा मात्रै ५७ अर्ब भन्सार राजस्व उठाउने लक्ष्य राखिएकोमा ३४ अर्ब ७६ करोड अर्थात ६१ प्रतिशत राजस्व संकलन भएको छ। कुल भन्सार राजस्वमध्ये मूल्य अभिवृद्धि कर(बाह्य)बाट १ खर्ब २६ अर्ब, भन्सार महसुलबाट १ खर्ब २५ अर्ब र अन्तशुल्क(बाह्य)बाट २ अर्ब राजस्व संकलन भएको छ। जबकी चालु आर्थिक वर्षको ९ महिनामा भन्सारबाट संकलन हुने मूल्य अभिवृद्धि कर(भ्याट) बाट १ खर्ब ८५ अर्ब, भन्सार महसुलबाट २ खर्ब २८ र अन्तःशुल्कबाट ५ अर्ब असुली गर्ने लक्ष्य तय गरिएको थियो।

सरकारले आयातमा लगाएको प्रतिबन्ध, चौरी पैठारी, कर छली, न्यून बिजकीकरणलगायतका कारण भन्सार राजस्वमा कमी आएको देखिएको छ।

भन्सार विभागका निर्देशक पूर्णविक्रम खड्काका अनुसार कम आयात, घटेको इन्धनको खपत र सवारी साधानको भन्सार जाँचपास रोकिँदा भन्सार राजस्व संकलन प्रभावित भएको हो।

‘मुख्यकुरा त हाम्रो आयात नै २० प्रतिशतले घटेको छ। सबैभन्दा बढी कर आउने पेट्रोलियम पदार्थको खपत कम भएकाले पनि आयात घटेको छ। भन्सार करमा बढी योगदान गर्ने सवारी साधन नेपालमा प्रवेश भएपनि भन्सार जाँचपासमा अड्किएका छन्’, खड्काले भने।

यस्तै, सरकारको कर असुली गर्ने अर्को निकाय आन्तरिक राजस्व विभागको पनि गत वर्षको तुलनामा राजस्व असुली हुन सकेको छैन। चालु आर्थिक वर्षको ९ महिना (साउन देखि चैत) सम्ममा कुल आन्तरिक राजस्व ३ खर्ब ३७ अर्ब रुपैयाँ असुली भएको छ। जुन गत आर्थिक वर्षको तुलनामा ५ अर्ब ५५ करोड कम संकलन भएको हो। गत आर्थिक वर्षको यसै अवधिमा कुल ३ खर्ब ४२ आर्थिक वर्षको आन्तरिक कर उठेको थियो। चालू आवमा गत वर्षको तुलनामा ९८ प्रतिशत कर असुली भएको देखिन्छ। चैत महिनामा मात्रै विभागले ५५ अर्ब कर उठाएकोमा गत वर्ष ५७ अर्ब ५३ करोड रुपैयाँ उठाएको थियो।

भन्सार विभागका निर्देशक पूर्णविक्रम खड्काका अनुसार कम आयात, घटेको इन्धनको खपत र सवारी साधानको भन्सार जाँचपास रोकिँदा भन्सार राजस्व संकलन प्रभावित भएको हो।

चैत महिनामा पनि विभागले गत वर्षको भन्दा झन्डै २ अर्ब ५५ करोड कम राजस्व असुलेको छ। यो महिनामा विभागले आयकरबाट ३३ अर्ब, आन्तरिक मूल्य अभिवृद्धि कर (भ्याट)बाट १० अर्ब, आन्तरिक अन्तःशुल्कबाट ९ अर्ब ४७ करोड, ब्याज आम्दानीबाट १ अर्ब ३५ करोड, घरबहाल करबाट २७ करोड ५९ लाख, स्वास्थ्यसेवा करबाट ५४ करोड ६४ लाख, शिक्षाबाट २० करोड ४० रुपैयाँ कर उठेको छ।

चालु आर्थिक वर्षको ९ महिनामा आयकर १ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। जुन गत आर्थिक वर्षको तुलनामा झन्डै ९ प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा १ खर्ब ६५ अर्ब रुपैयाँ आयकर संकलन भएको छ। यसैगरी आन्तरिक तर्फको मुल्यअभिबृद्धि कर गत वर्षको तुलनामा २ प्रतिशत कम असुल उपर भएको छ। गत वर्ष भ्याट ८० अर्ब ९१ करोड रुपैयाँ संकलन भएकोमा यस वर्ष ७८ अर्ब ८९ करोड मात्रै संकलन भएको छ। अन्तशुल्क भने गत वर्ष असुली भएको भन्दा १०४ प्रतिशतले बढी असुली भएको छ।

आन्तरिक तर्फको अन्तशुल्क गत आर्थिक वर्ष ७१ अर्ब ४९ करोड रुपैयाँ संकलन भएकोमा यो आर्थिक वर्षको ९ महिनामा ७४ अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ। ब्याजबाट प्राप्त हुने कर पनि गत वर्षको तुलनामा १४४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष को ९ महिनामा १७ अर्ब ७५ करोड ब्याज बापत कर असुली भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ। यस अवधिमा शिक्षाबाट प्राप्त हुने कर दोव्वरभन्दा बढीले बृद्धि भएको छ।गत आर्थिक वर्षको यसै अवधिमा ६३ करोड ५७ लाख रुपैयाँ शिक्षा कर संकलन भएकोमा चालु आर्थिक वर्ष १ अर्ब २६ करोड रुपैयाँ संकलन भएको छ।

यसैगरी स्वास्थ्य सेवाकर पनि यस अवधिमा ११६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको ९ महिनामा ४५ करोड ३५ लाख कर संकलन भएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ५२ करोड ५६ लाख रुपैयाँ असुल उपर भएको छ। घरबहाल कर भने गत आर्थिक वर्षको तुलनामा ९५ प्रतिशत मात्रै असुली भएको छ। गत वर्ष २ अर्ब ७ करोड रुपैयाँ असुली भएकोमा यस वर्ष १ अर्ब ९७ करोड रुपैयाँ संकलन भएको छ।

भन्सारबाट कम राजस्व असुली हुँदाको असर आन्तरिक राजस्व विभागको आयकर र मूल्य अभिवृद्धि करमा परेको छ। नेपालका उद्योगी व्यवसायीहरुको आर्थिक गतिवधिमा कमी आएकाले लक्ष्यनुसार आयकर असुल उपर हुन सकेको छैन। यस्तै सरकारले पुँजीगत खर्च गर्न नसक्दा मुल्यअभिबृद्धि कर पनि गत वर्षको तुलनामा कम असुल उपर भएको आन्तरिक राजस्व विभागले जनाएको छ।

हालसम्म कुल राजस्व ६ अर्ब ८३ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ। जुन कुल लक्ष्यको ४८ प्रतिशत मात्रै हो। जसमा कर राजस्वबाट ६ अर्ब १६ अर्ब अर्थात लक्ष्यको ४७.५७ , गैरकर राजस्व ६७ अर्ब ६९ करोड अर्थात लक्ष्यको ६३ प्रतिशत असुल उपर भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ।

प्रकाशित: २०८० बैशाख ३ गते आईतबार १२:०२
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना