काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन छिटोछिटो बितेको बताएका छन्। जिफन्टले प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कांग्रेससँग मिलेको माओवादी केन्द्रलाई आफ्नो दल एमालेसँग मिलाएपछि उनले समय छिटोछिटो बितिरहेको टिप्पणी गरेका हुन्। कार्यक्रममा ढिला पुगेका ओलीले समय छिटोछिटो बितेकाले आफू ढिला हुन पुगेको जिकिर गरेका थिए।
‘आजको समय छिटोछिटो बितिरहेको छ। म यहाँ आउन पनि ढिला भयो। समय छिटोछिटो बितेकाले यस्तो हुन गएको हो,’कार्यक्रममा उनले भनेका थिए। गठबन्धन तोड्न आफू सफल भएकोमा उनले समय छिटो बितेको टिप्पणी गरेका थिए।
‘आजको राजनीति छिटोछिटो परिवर्तन भएको छ। सकारात्मक बाटोतर्फ अघि बढ्छ भन्ने मैले विश्वास लिएको छु,’ कार्यक्रममा ओलीले थपे, ‘घरिघरी मोबाइलमा यस्सो हेर्दै गर्नु भएहुन्छ। के के आउँछ!’


